सुनकोशी- ६ को गुम्बा निर्माण को लागि सयोग जुट्दै


 कुमार बस्नेत (अधिराज )

 सुनकोसि गाउँपालिका वडा न ६ सानोपाखरमा माग २ गते सिलान्यास भयको टासि उर्गेन तेर्धाकलिङ गुम्बाको निर्मानार्थ सहयोग जुट्न थालेको छ । सुनकोसि गाउपालिका -६ का अध्यक्ष राम कुमार थापाले मङ्गालबार एक कार्यक्रम गरि गुम्बा निर्माण समितिका अध्यक्ष ईन्द्र बहादुर तामाङलाई नगद रु । ५१,१५५-  हस्तान्तरण गर्नु भएको छ। उक्त गुम्बा माघ २ गते पुर्ब सुचना तथा संचार मन्त्री मोहान बहादुर बस्नेत ले सिलान्यास गर्नु भएको हो।


 उक्त गुम्बा मा ईन्जिनियरको स्टिमेट अनुसार एक करोड १८ लाखमा साम्पन्न गर्न जिल्ला पुननिर्माण बाट रू ८२ लाख ६० हजार र सुनकोसि ६ वडा बाट १३ लाख र बाँकि नपुग सुनकोशी गाँउपालिका बाट पूरा गर्ने गुम्बा निर्मान समितिका अध्यक्ष तामाङले बताउनु भयो। डिपिसि सकेर पिल्लर उठाऊन सुरू भएको गुम्बामा ब्यक्तिगत तर्फ बाट गाउँ पालिका अध्यक्ष श्रवण कुमार जि सि (बिनोद) बाट १,२०,०००- वडा सदस्य रूपकाजि लामा बाट एक लाख, युवा नेता प्रमोद तामाङ बाट ५०,०००- सहयोग प्राप्त भएको र उक्त शिलान्यास भएको दिन सहयोग दाताहरुले बोल्नु भएको सहयोग रकम समेत सहयोग गरिदिनुहुनको लागि वडा अध्यक्ष थापाले आग्रह समेत गर्नु भएको छ । 

, ,