सफल होइन अशल मानीस बनौः अमानसिं


पशुलाई अनुशासनमा  राख्न पर्याे भने डोरिले बानेर राख्न पर्छ भने मानिसलाइ अनुशासनमा राख्न  पर्याे धर्ममा बाध्नु पर्छ , धर्म मान्ने मानिसले नराम्रो काम गर्न  पर्याे भने   धर्म सम्झेर  नराम्रो  काम गर्न बाट रोकिन्छ अनि मानिसले नराम्रो गरेको  अनुभूति गरि  त्यसलाइ सुधार्न लाग्छ ।


मानिसमा  पनि कोहि धर्म नमान्ने  पनि होलान तर त्यस्तालाई कसैले पनि राम्रो  मान्ने छैन ।

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिह तामाङ्गलेसाँगाचोकगढी नगरपालिका १० मा निर्माण हुन लागेको तामाङ्ग समुदायको  छ्योर्तेन को सिल्यान्यास गर्दै यस्तो बताउनु भयो ।

उँहालेनगरका हरेक वडा मा  हरेक धर्म मान्ने मानिसहरुको सुबिधाका लागि  हरेक खालका धर्मका  केन्द्रको निर्माण गर्ने योजना रहेको बताउँनु भयो ।उँहाले धर्म  भनेको बाबियोको डोरि हो बाबियो होइन भन्नुहुँदै बाबियो  खाने बाख्रा भैसिले बाबियोबाट बनेको डोरि ले बानेर राखिने गर्छ तर डोरि खान सक्दैन भन्ने उदाहरणा दिदै  धर्म को  रक्षा गर्दै नगरलाई  पर्यटकिय क्षेत्र  बनाउन पर्ने बताउनु  भयो ।

उहाँले  सफल ब्यक्ति होईन अशल ब्यक्तिको   आबश्यक भएकाले यस्ता प्रकारका मठ, मन्दिर हरु ले अशल ब्यक्तीको  बिकास गर्ने बताउँनु भयो । उँहाले कर्मचारीले  एकपटक लोकसेवा पास गरे पुग्ने तर राजनीती गर्ने नेताहरुले दैनिक लोक सेवा पास गर्न पर्ने बताउँनु भयो ।

कार्मचारीको लोकसेवा  जस्तै हाम्रो लोकसेवा भनेको जनता हुन त्यसैले जनताले रुचाउँने काम गर्न पर्छ जनचाहना अनुसारका बिकासका कामहरु गर्न सके मात्र  राजनितीज्ञले लोकसेवा पास गरेको मान्न पर्ने बताउँनु भयो ।कार्यक्रममा बोल्दै १० न वडाका वडाअध्यक्ष बेल बहादुर महतले  नगरपालीकाको अनुदानमा निर्माण हुन लागेको योछ्योर्तेन  निर्माण गर्नका लागि नगरपालिका बाट दिएको अनुदान नपुग भएमा आफुले थप गरिदिने बताउँदै  स्तरिय र स्थाइत्व पाउँने गरि पारदर्शीताका साथ निर्माण गर्न निर्माण समितीलाइ अनुरोध गर्नु भयो ।

उँहाले नगरपालीकाबाट पाँचलाख रुपैया दिएकोर यसकामका लागीवडाबाट पनी थप तिनलाख दिने बताउँनुभयो ।



 गाउका प्रमुख लामा रङजुङ्ग लामाले यसरी होल्का डाँडाँमा छ्योर्तन निर्माण गर्न  सहयोग गरेकामा नगर प्रमुख, वडाअध्यक्ष बिशेष गरि तामाङ्ग धेदुङ्ग संघका अध्यक्ष कमल तामाङ्ग लगाएतलाइ बिशेष धन्यबाददिनु भयो ।

हर्रे टोल बिकस समिति का अध्यक्ष श्याम युगल किशोर वाईवा तामाङ्ग को सभापतित्वमा सिल्यान्यास कार्यक्रम सम्पन्न  भएको थियो ।कार्यक्रममा सहभागी जेष्ठ नागरिक मान बहाद तामाङ्ग,शेरबाहादुरतामाङ्ग,बुद्दि बहादुर तामाङ्ग,पञ्चबहादुर तामाङ्ग लगाएतले खुशी ब्यक्त गर्नु भयो ।  



, , ,