स्वावलम्ब लघुबित बितिय संस्थाको २ दिने गोष्ठी सम्पन्न

एकराजश्रेष्ठ स्वावलम्ब लघुबित बितिय संस्थाको २  दिने गोष्ठी सम्पन्न भएको छ । काभ्रे पलाञ्चोक जिल्लाको भुम्लु गाउँ पालिकाको वडा न १० को दोलालघाटमा उप शाखा कार्यलयको रुपमा संचालनमा रहेको स्वालम्ब लघुबित बितिय संस्थाको २  दिने गोष्ठी सम्पन्न भएको २६गते सम्पन्न भएको हो ।


२०७७ चैत्र २५ र २६ गते सम्पन्न २ दिने अन्तरक्रिया कार्यक्रममा सिन्धुपाल्चोकको चौतरा  सांगाचोक गढी नगर पालिकाको वडा न १०,११, १२ र १४ र काभ्रेका  बिभिन्न गाउ पालिका अन्तर्गत भएको ६३ केन्द्र प्रमुख तथा उप प्रमुखहरु सहित ८० जनाको संख्यामा उपस्थिती  रहेको थियो । गोष्ठी होटेल रोजमणि   दोलालघाटमा सम्पन्न भएको थियो।

करिव १७ बर्ष अगाडी देखी  यस क्षत्र कै इतिहासमा पहिलो  माइक्रो फाइनान्सको रुपमा भित्रिएको  उक्त संस्थाको ६१ जिल्लामा कार्य क्षेत्र बिस्तार गरि१४० कार्यलयहरु संचालनमा ल्याएको छ।  ती मध्य दोलालघाट उपशाखामा कार्यलय प्रमुख सुरेन्द्र बिष्ट ,बरिष्ठ सहायक लव कुमार गिरी, कार्यलय सहायक नारायण रेग्मी र सरोज पराजुली गरि ४ जना कर्मचारीहरु कार्यरतमा रहि सेवा प्रदान गर्दै आएका छन।

ग्रामिण भेगमा रहेका महिलाहरुलाइ बितिय कारोबारमा संलग्नता गराइ  स्वरोजगार तथा उधमी  अभिप्रेरित गराउने प्रमुख उधेश्य का साथ सम्पन्न भएको कार्यक्रमको अध्यक्षता  भने कार्यक्रममा संलग्न जेष्ठ सदस्य पुर्णमाया श्रेष्ठले गर्नु भएको थियो ।  मुल्याङ्कन कर्तामा सीता खत्रीले गर्नु भएको थियो। संस्थाले दिएका भै परि आउने दुर्घटना,बिपतिमा संस्थाबाट पाइने सेवा सुविधा,बिमा ,गरिव तथा असायहहरु प्रति संस्थाको सामाजिक उत्तर दायित्व तथा हरेक केन्द्रका सदस्यहरुलाइ सफल उधमी बन्न अभिप्रेरित गर्ने उधेश्यका साथ २ दिने गोष्ठी कार्यक्रम संचालन गरिएको मुख्य बक्ताका रुपमा रहनु भएका कार्यलय प्रमुख सुरेन्द्र बिष्टले बताउनु भयो। कार्यक्रममा ०७६÷०७७    कभभ मा उत्कृष्ट अंक ल्याइ उतिर्ण हुने संस्थाका  ३५ न. केन्द्रका सदस्य देवकी पराजुलिका छोरी रेणुका पराजुलिलाइ सम्मान गर्दै नगद तथा प्रमाण पत्र प्रदान गरेका थिए भने कार्यक्रम संचालन संस्थाका कार्यलय  सहयोगी नारायण रेग्मीले गर्नु भएको थियो। 



, , , , ,