सुकुटे दुर्घटना खाडीचौर बन्द

 

कुमार बस्नेत अधिराज

सिन्धुपाल्चोक, चैत ३० गते । आज बिहान १० बजेर १५ मिनेटमा चौतारा साँगचोकगढी नगरपालिका ९ को सुकुटे स्थित अरनिको राजमार्गमा बसको ठक्करबाट मोटर साइकल सवार व्यक्तिको  निधन भएको कारण खाडीचौरमा सवारी साधनहरु बन्द गरिएको छ । उक्त दुर्घटनाका  कारण हजारौ यात्रीहरु अलपत्र परेका छन । जिल्ला ट्रार्फिक प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख राजेश कुमार दाहालका अनुसार काठमाडौंबाट दोलखा जाँदै गरेको बा ३ ख ९६५८ नम्बरको यात्रुबाहक बसले बिपरित दिशाबाट जाँदै गरेको बा ५९ प ६९८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार त्रिपुरासुन्दरी गाँउपालिका ५ का ३२ बर्षीय नारायण श्रेष्ठको निधन भएको छ ।

मोटरसाइकलमा सवार त्रिपुरासुन्दरी गाँउपालिका ४ बस्ने ४० को सोम बहादुर श्रेष्ठलाई टाउकोमा गम्भीर चोट पुगेको छ । स्थानीय अस्पतालमा उपचार हुन नसके पछि उनको थप उपचारका लागि राजधानीको ह्याम्स अस्पताल लगिएको टार्फिक सई दाहालले बताउनु भयो । मोटरसाइकलमा सवार त्रिपुरासुन्दरी गापा ५ का सात बर्षीय बालक अनुच श्रेष्ठको टाउकोमा चोट लागेको छ ।


उनको  पनि उपचारका लागि राजधानी लगिएको छ । मृतकका आफान्तहरुले खाडीचौरका अमलटारमा अरनिको लोकमार्ग अबरुद्ध गरिरहेका छन् । स्थानीय रामशरण खड्काले चालकलाई कडा कारवाहीको माग गर्नु भयो । गाडीचालक लिसंखुपाखर गाँउपालिका ५ का ४४ बर्षीयराम बहादुर श्रेष्ठ र ठक्कर दिने गाडी बनदेउ प्रहरीको नियन्त्रणमा रहेको जिल्ला टार्फिक कार्यालयले जनाएको छ । 



, ,