नगर अपाङ्गसम्मन्वय समितीको पुनर्गठन

 कुमार बस्नेत अधिराज सामुदायमा आधारीत पुनस्थपना कार्यक्रम अन्तरगत चातारमा अभिमुखीकरण तथा नगर अपाङ्गसम्मन्वय समितीको पुनर्गठन कार्यक्रम चौतारामा सम्पन्न भएको छ।


आइतबार चौतारासागाचोकगढी नगरपालीकाको   आर्थिक सहयोग तथा चौतारासागाचोकगढी नगरपालीका   उपाप्रमुख जानुका पराजुली को प्रमुख आतिथ्यता नेत्रहिन बिकास सस्था सिन्धुपाल्चोक अध्यक्ष पदमबहादुर श्रेष्ठ को सभापतित्वमा कार्यक्रम भएको हो । कायैक्रममा  चौसा गढी न पा वडा नं १३ का वडा अध्यक्षः रामप्रसाद गौतम, चौसा गढी न पा वडा नं ५ का अध्यक्षः नरमान श्रेष्ठ, राष्ट्रिय अपाङ्ग महासंघ सिन्धुपाल्चोक का अध्यक्ष दिपक अर्याल, नगर अपाङ्ग समन्वय समितिको अध्यक्षअम्बर बहादुर घलेको बिशेष अतिथ्यतामा कार्यक्रम  भएको हो ।

सिडीसिएफ सिन्धुपाल्चोक का प्रमुखः रामप्रसाद तिमल्सिना सरोकारवाला ब्यक्तिहरूको एवम् १४ ओटै वडाका सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधिहरुको उपस्थितीमा  समपन्न उक्त भेलाले शुशिला श्रेष्ठको अध्यक्षतामा १७ जनाको नगर समन्वय समितिको गठन गरेको छ ।साथै बिषेश ब्यक्तिहरूको प्रतिनिधित्व रहने गरी, ५ सदसिय सल्लाकार समिति गठन गरी समपन्न भएको छ । गठीत कार्यसमिति मा अध्यक्षः शुशिला श्रेष्ठ चौसा गढी नपा–७  उपाध्यक्षः भक्त बहादुर नेपाली चौसा गढी नपा–६  सचिवः धन बहादुर तामाङ चौसा गढी नपा–८  कोषाध्यक्षः पदमबहादुर श्रेष्ठ नेत्रहिन बिकास सस्था सिन्धुपाल्चोक बाट  सहसचिवः रिता ठकुरी चौसा गढी नपा–१०  सदस्यहरुमा, दिपक अर्याल राष्ट्रिय अपाङ्ग महासंघ सिन्धुपाल्चोक बाट  सुनकेशरी श्रेष्ठ चौसा गढी नपा राजु थापा चौसा गढी नपा२ विष्णुमाया गौतम चौसा गढी नपा–४  जित बहादुर मगर चौसा गढी नपा–९  ठाकुर गिरी चौसा गढी नपा–१३ ज्ञानलाल श्रेष्ठ चौसा गढी नपा–१२  वोधकुमारी रिसाल चौसा गढी नपा–१४  रामप्रसाद ढुंगाना चौसा गढी नपा–३  मिना तामाङ चौसा गढी नपा–५ रहनु भएको छ । त्यसै गरि ५ सदस्यीय सल्लाकार समितिमा संयोजकः अम्बर बहादुर घले – अपाङ्ग ग्रामिण बिकास सस्था सिन्धुपाल्चोक  बाट जानुका धिताल –  अपाङ्गता परिचयपत्र वितरण समिति बाट  हिरामान तामाङ –  जनप्रतिनिधि चौसा गढी नपा बाट जानकी श्रेष्ठ – वौद्धिक अपाङ्गता अविभावक संघ सिन्धुपाल्चोक बाट इश्वरमान श्रेष्ठ – पुर्व नगर अपाङ्ग समन्वय समितिको तर्फा बाट राखीएको सचिब धन बहादुर तामाङ्गले जानकारी दिनु भयो । 


, , , , , ,