सामुदायीक वनहरुमा बड्दो डढेलोको प्रकोप चेतनामुलक कार्यक्रम गरिने


धुव कुमार थापा

दिनभरी तुवालोले आकाश ढाक्छ, मानिसको आँखा पोल्छ, टाउको दुख्न थाल्छ र बेचैनी पन वड्न थाल्छ ती सबै कुराहरूको एउटै जड हो वन विनास तथा डढेलो को प्रकोप ।


अहिले नेपाल भरिनै डढेलोको प्रकोप वडी रहेको पाईन्छ । त्यसमा पनि सिन्धुपाल्चोक लगाएतका जिल्लाहरु मा ब्यापक रूपमा सामुदायीक वनहरूमा डढेलो सल्के पछि यहाँका हजारौ हजार विरुवाहरू जल्ने र सयौं वन्य जन्तुहरु पनि नास हुन थालेका छन्  । यसरी एकै दिनमा धेरै भन्दा धेरै ठाउहरुमा बन जङ्गल जलेर नस्ट हुनु भने कै समूदायलाई करोडौंको क्षति हुनु हो । बन विनासले अर्थिक रुपमा समुदाय, उपभोक्ता समितिलाई घाटा त हुन्छ नै साथ साथै बातावरणीय प्रदुषणले स्वास्थ्यमा नकारात्मक असर पारेको हुन्छ । मानिसहरुले गर्ने स – साना गल्तिले गर्दा डढेलो लगाउनु जस्तो ठुलो अपराध गर्न पुग्दछन भने कोही ब्याक्तीको निजि स्वार्थको खातीर काठ तस्कर गर्ने , बन्य जन्तुको चोरी शिकार गर्ने क्रम बड्दो छ । एकातिर सामूदायिक वनमा हुने खिच्चा तानी र गुट तन्त्र अनि अर्को तर्फ समितीका मानिसहरूको मत मातान्तर मा रुमलिदै एक अर्काको रिसीवीले वन लाई सखाप बनाउने कामहरू भई रहेको छ। डढेलो नियन्त्रणका लागि बन कार्यालयले जनचेतना मूलक सन्देशहरू प्रशारण गरी रहदा ठाउ ठाउमा डढेलो नियन्त्रण का लागि पहल गरी रहदा जन समुदायले खासै चासो नराखेको देखिएको छ। हामी मा जव सम्म यो वन मेरो सम्पती हो यसको संरक्षण मैले गर्नु पर्छ भन्ने मनो भावनाको बिकास हुदैन तव सम्म सरकार र सरोकार निकाएको एक्लो प्रयास फिक्का हुनेछ । सबै तह र तप्का का मानिसहरू को एक मतले मात्र बड्दै गएको डढेलो प्रकोप लाई नियन्त्रण गरी सामुदायिक वन लाई समुदायको धन बनाउन थप उर्जा मिल्नेछ । डिभीजन बन कार्यलय सिन्धुपाल्चोकको आर्थीक सहयोगमा २०७७ फागुन चैतमा मात्र जिल्लाका दुर्गम र सुगम भागहरुमा सामुदायक बन उपभोक्ता महासंघले  चेतना मुलक कार्यक्रम गरेको थियो । आगामी बैशाख पहीलो हप्ता देखी पुनःअभियान संञ्चालन  गर्न लागेको छ । यो अभियानले बन  डढेलो नियन्त्रणमा चेतना जगाउँने काम हुने र बन डढैलो लगाउँनेलाइ ऐन अनुसार कडा कार्बही हुने र सुचना दिनेलाइ पुरस्कार सहीत नाम गोप्य राखीने सामुदायक बन अभियान्ता तथा सामुदायक बन उपभोक्ता महासंघका सचिब दयालक्ष्मी  श्रेष्ठले जानकारी दिनु भएको छ । 


, , , ,