पत्रकार धरपकडको बिरोधमा पत्रकारमहासंघ


नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले पत्रकार धरपकडको बिरोध गरेको छ । शाखाका अध्यक्ष एवम केन्द्रीय सदस्य शान्ताराम बिडारीले एक बिज्ञेप्ती जारी गरी बिरोध जनाएको हो । प्रकाशित बिज्ञेतीमा  तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकासदस्य तथा उज्यालो नेटवर्क प्रा.लि.का सञ्चालक तथा प्रधानसम्पादक बुद्ध लोप्चन तामाङ र कार्यकारी सम्पादक अनिश तामाङ लगायतका सञ्चारकर्मीलाई प्रहरीले पक्राउ गर्ने उद्देश्यले खोजीनीति गर्नुका साथै कार्यालयमा पुगेर धरपकड तथा मानसिक दवाव दिएपछि उक्त अनलाइनको कार्यालय बन्द भएको घटनाप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको गम्भीर ध्यानाकर्षण भएकोजनाएको  छ । उक्त अनलाइनले  गोप्य स्रोतबाट आफुलाई प्राप्त एक कागजातका आधारमा प्रकाशित गरेको समाचारलाई आधार बनाएर सरकारी पक्षबाट सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुलाई धरपकड तथा मानसिक याताना दिनु स्वतन्त्र प्रेस तथा अभिव्यत्तिःm स्वतन्त्रताको मर्म विपरित  छ  भनीएको छ। बिज्ञेप्तीमा सञ्चार क्षेत्र र सरकारबीच सेतुको रुपमा काम गर्दै मर्यादित र निष्पक्ष पत्रकारिताको लागि वातावरण निर्माण गर्न क्रियाशिल अर्ध न्यायिक निकाय प्रेस काउन्सिल नेपाल यो प्रकरणमा सक्रिय भैरहँदा र उसले छानविन अघि बढाइसकेको सन्दर्भमा प्रहरीका सबै कदम र कारवाहीहरु विनाशर्त फिर्ता गर्न पत्रकार महासंघ काठमाडौं शाखा सरकार समक्ष जोडदार माग गर्दछ । साथै प्रकाशित समाचारको विषयलाई लिएर नेपाल प्रहरीले पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य बाशुदेव शर्मा ‘बविन’को घर तथा कार्यालयमा खानतलासी गर्दै धम्की दिएको घटनाप्रति पनि नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।


बिज्ञेप्तीमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनलाइसिस विङ्स ‘रअ’ का प्रमुख सामन्त गोयलबीच चार बुँदे सहमति भएको भनी उज्यालो न्यूज नेटवर्कले समाचार प्रकाशन गरेको र सो समाचार साभार गरेको भन्दै प्रहरीले केन्द्रीय सदस्य शर्मा लगायत अन्य अनलाइनका सम्पादकहरुलाई समेत मानसिक तनाव दिन थालेको बुझिएको छ । समाचारमा चित्त नबुझेमा प्रेस काउन्सिल नेपाल मार्फत निरुपण खोज्नुपर्नेमा त्यसलाई बेवास्ता गर्दै प्रहरीबाट गरिएको खानतलास र धम्कीको घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्ममाथी ठाडो प्रहार भएको छ । राज्यको यो अनुदार कायैशैलि ‘पत्रकारलाई स्वतन्त्रतापुर्वक बाँच्न र लेख्न देउ’ भन्ने विश्वव्यापी मान्यताको विपरित छ । तसर्थ महासंघको यो शाखा  प्रहरी ज्यादतीको तिव्र निन्दा गर्दै सरकार र सरकार मातहतका अन्य निकायलाई आफ्नो व्यवहार तत्काल सुधार गर्न आग्रह गर्दछ भनीएको छ  ।


, , , , , ,