डढेलो व्यवस्थि व्यवस्थापनको अभियान पहिलो चरणको कार्यक्रम सम्पन्न



सामुदायिक वन क्षेत्र भित्रको डढेलो नियन्त्रणका लागि  सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सिन्धुपाल्चोक र डिभिजन वन कार्यालय सि.पा.  को आयोजनामा सञ्चालन गरिएको जिल्ला व्यापी अभियान जिल्लाको १२ वटै पालिकामा आयोजना गरि शुक्रबार  सम्पन्न गरिएको छ।

अभियान सञ्चालनको क्रममा जिल्लामा कतिपय स्थानमा डढेलो व्यवस्थापन गर्ने,

उपभोक्तालाई सुरक्षित तरिकाले डढेलो नियन्त्रण गर्न विभिन्न सरोकारवाला निकायहरुसंग समन्वय गरि सहकार्य गर्ने,सम्बन्धी चृतनामुलक कार्यक्रम गरिएकोथियो। 

अभियानकै क्रममा  स्थानीय सरकारका कार्यालयमा सामुदायिक वनलाई संरक्षण सम्बर्द्धन, प्रबर्द्धन तथा व्यवस्थापन गर्नको लागि

स्थानीय वन ऐन निर्माण गरि बहुउद्देश्यीय बहुउपयोगी र बहुआयामिक वनको दिगो विकास गरि आगामी पुस्ताका लागि समेत जगेर्ना गर्दै वनलाई उपभोक्ताको जन जीवन संग प्रत्यक्ष जोड्नु पर्ने कार्यमा जोड दिन अनुरोध गरिएको छ।

अधिकांस पालिका सरकार यसमा सहयोग, समन्वय र सहकार्यका लागि तत्पर भएको छ।यश अभियानको क्रममा अभियान सञ्चालन गर्दा समयमै स्थानीय उपभोक्तालाई सचेत गराउन सुख्खायामको समय सुरु अगावै अभियान सञ्चालन गर्नुपर्ने, प्रत्येक पालिकाको प्रत्यक वडामा अग्नि नियन्त्रक तालिम प्राप्त सुरक्षा दस्ता ÷ अग्नि नियन्त्रक तथा  सुरक्षित कवज र व्यवस्थित डढेलो व्यवस्थापनको औजार उपकरणको व्यवस्थापन अनिवार्य गरिनुपर्ने। विपद जोखिम न्यूनीकरणका लागि सबै सरोकारवालाहरुबीच सधैंभरि सम्पर्क समन्वय भइरहन जरुरत भएको जस्ता महत्वपुर्ण कार्यक्रमहरु तत्काल गर्न पर्ने देखिएको बन अभियान्ता तथा सामुदायक बन उपभोक्ता  महासंघका सचिब दयालक्ष्मी श्रेष्टले जानकारी दिनु भयो ।

, वन क्षेत्र भित्रको आगो लगाउने कार्य फौजदारी अपराध भएको हुदा राज्यद्वारा अपराधीलाई कानुन बमोजिमको दण्ड सजाय गर्ने कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने सबै पक्षको जोडदार माग रहेको छ।यस्ता अभियान सुख्खा समय भरि निरन्तर सञ्चालन गरि उपभोक्ता तथा सम्वन्धित सबै सरोकारवालालाई सचेत गराइ वन डढेलो नियन्त्रण न्यूनीकरण गर्न आयोजकले विशेष भुमिका निर्वाह गर्ने भएको समेत श्रेष्टले जानकारिदिनु भयो ।


जिल्ला सम्मन्वय समिती सिन्धुपाल्चोकको उप प्रमुख बालकुमारीसापकोटाले  यो मौसममा  यसरी सचेतना मुलक काम गरेर  बन जोगाउँन लागी परेको सामुदायक बन उपभोक्ता महासंघ , बन कार्यलय र बिशेष गरि यस कार्यमा सक्रीय रुपमा लागी पर्नु भएको  अभियान्ताहरु लाइ बिशेष धन्यबाद दिदै यस कार्यमा आआफ्नो ठाँउबाट सबैले सहयोग गर्न लागी पर्नु पर्ने आबश्यक रहेको  बताउँनु भयो । 


, , , , , , , ,