अधिवेशन अन्त्य गरेको प्रति नेपाली कांग्रेसको आपत्ति


 प्रतिनिधि सभाको सातौं चालु अधिवेशन अन्त्य गरेको प्रति नेपाली कांग्रेस संसदीय दलले  गम्भीर आपत्ति प्रकट गरेकोछ । काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणद्धारा बिज्ञेप्ती जारी गरि काँग्रेसले आपती जनाएको हो । काँग्रेसलेमङ्गलबारजारि गरेको बिज्ञेप्तीमा प्रधानमन्त्री केपी ओलीजीले विघटन गर्नु भएको प्रतिनिधि सभालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले पुनस्र्थापित गरी संसद चलिरहेको अवस्थामा संसदका पदाधिकारी र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग कुनै परामर्श एवं सुझाव नलिई एकलौटी ढंगले सरकारले प्रतिनिधि सभाको सातौं चालु अधिवेशनलाई अप्रत्याशित र हठात ढंगले अन्त्य गरेको प्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दछ बिज्ञेप्तीमा जनाइएको छ । जारी बिज्ञेप्त्ीमा संसद कानून बनाउने र जनताको आवाज उठाउने साझा थालो हो ।


सरकारको निर्माण संसदबाट हुन्छ  र सरकार संविधान, जनता र संसद प्रति उत्तरदायी हुनु पर्दछ, तर उत्तरदायी देखिएन । संसदमा महत्वपूर्ण विधेयकहरु पास भई कानूनहरु बनाउनु पर्ने, जनसरोकारका महत्वपूर्ण विषयहरुलाई सम्बोधन गरी जनतालाई भरोषा र विश्वास दिलाउनु पर्नेमा संसदीय अभ्यास र परम्परा विपरित सरकारले संसदको सामाना गर्न नसकेर अस्वभाविक ढंगले प्रतिनिधि सभाको चालु अधिवेशनलाई अन्त्य गरेकोमा नेपाली कांग्रेस संसदीय दल विरोध गर्दछ भनीएको छ । 


, , ,