फस्टाउँदै मेलम्चीमा माछा पालन ब्यबसाय


 सन्ध्या बस्नेत, सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालीका  वडा नं ११मा  नमुनाका रुपमा माछापालन ब्यबसाय सञ्चालन भइरहेको छ । 


बागमती प्रदेस सरकार मत्स्यबिकास केन्द्रको समेत आर्थीक अनुदान सहयोगमा सञ्चालन भएको समुहद्धारा सञ्चालीत माछापालन ब्यबसायले उपभोक्ताहरुको मन जित्न सफल भइरहेको छ । शुभकामाना बचत तथा क्रृण सहकारीसस्था, मेलम्ची बृहत कृषी फर्म प्राली  लगाएतका सस्थाहरुको प्रतिनिधीत्व रहेको सो ब्यवसायमा स्थानीय बुद्धीजिबीहरु तथा स्थानीय ब्यपारीहरुको समेतको  सहभागतिा गराइ सात सदस्यीय समुह निर्माण गरि ब्यबसाय सञ्चालन गरिएको उद्योग बाणीज्य महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष समेत रहनुभएका जगनाथ चालीसे( रामकृष्ण)ले जानकारी दिनु भयो । शुभकामाना बचत तथा क्रृण सहकारीसस्था, मेलम्चीका पुर्ब अध्यक्ष समेत रहनुभएका चालीसेले खास गरी पछील्लो समयमा मेलम्चीको पानी काठमाण्डौ लगे पछी पानी कम भएका कारण माछापालनमा समेत असर पर्न सक्ने भएकाले यस्ता ब्यबसायीहरुको लागी  आबश्यक सहयोग गर्न पर्ने बताउँनुभयो ।

उँहाले हाल आफुहरुको समुहले मेलम्ची नगरपालीकामा र  पाँचपोखरी गाँउपालीका माछा ब्यबसाय सञ्चालन गरिरहेको र  छिटै ५०रोपनी जग्गामा पशुपालन तथा तरकारी फलफुल खेती गर्न लागीएको बताउँनु भयो । यसका लागी पचास रोपनी जग्गा भाडामा लिएर सामुहीक रुपमा माछापालन तथा पशुपालन गरेर नमुनाका रुपमा ब्यबसाय गर्न लागीएको बताउँनु भयो ।

हाल दुइ स्थानमा गरेर करिब २०जनालेले रोजगार पाएको उक्त ब्यबसायमा भने  रिसोर्ट समेत सञ्चालन गरिएको छ । माछा लिन आउँनेका लागी  खाना खान र  र बस्नको लागी समेत सुबिधा दिनका लागी रिसोर्ट सञ्चालन गरिएको चालीसेले बताउँनु भयो ।सञ्चालक मध्य मेलम्ची बृहत कृषी फर्म प्रालीकाअध्यक्ष टिका दत्त धितालले ब्यबसाय सञ्चालनका लागी सरकारले दिएको अनुदानको ब्याजमा मात्र बैङ्कले कर्जा दिने हो भने ब्यबसाय सञ्चालन गर्न सहज हुने र  स्थानीय स्तरमा रोजगारको ब्यबस्था गर्न सकिने बताउँनु भयो । 


, , , , , ,