अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७८” सम्पन्न

 सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकामा गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७८” सम्पन्न भएको छ । प्रतियोगितामा वडा नं ५ प्रथम भएको छ । इन्द्रावती गाउँपालिकामा सञ्चालन भएको दोस्रो “गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७८” मा वडा नं ५ प्रथम भएको हो। समापन कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्म छिरिङ शेर्पाले खेलकुदको बिकास भए मात्र स्वास्थ्यको बिकास हुने भएकोले खेलकुदनै स्वास्थ्यको मुल धन भएको बताउँनु भयो । उँहाले ईन्द्रावति गाउँपालिकाले फुटबललाई प्रबर्धन गर्ने कार्य गरेकामा खुशी व्यक्त गर्दै राष्ट्रिय तहबाट पनि हन र गर्न सक्ने सहयोग गर्ने बताउँनु भयो  । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले अनुशासित र दक्ष खेलाडी उत्पादन गर्ने वालीकाको लक्ष्य रहेकाले पालिकाले खेल प्रशिक्षक राख्ने व्यवस्था मिलाउन लागेको बताउँनु भयो  ।उँहाले खेल भनेको सानो ठुलो जस्तो भए पनी शरिरको  लागी नभइ नहुने भनेको खेल नै हो त्यसैले प्राथमिकतामा राखेर यसको बिकास गर्न सबै लागी पर्नु पर्ने बताउँनु भयो । 



उक्त प्रतियोगिताको सोमबार एक भब्य कार्यक्रमकाबिच इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङले इन्द्रावती–५ ऐंसेलुखर्कको गाउँपालिकाकै खेलमैदानमा उद्घाटन गर्नु भएको थियो  ।



स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागी खेलकुदझ भन्ने मुल नाराका साथ गाउँपालिकाकै आयोजनामा शुरू भएको उक्त प्रतियोगितामा प्रथम भएवापत वडा नं ५ ले प्रमाणपत्र सहित नगद रु १ लाख पुरस्कार प्राप्त गरेको छ ।


त्यस्तै दोस्रो हुने वडा नं ३ ले प्रमाणपत्र सहित नगद रु ५० हजार पुरस्कार पाएको वडा नं १० ले तेश्रो स्थान हासिल गरी प्रमाणपत्र सहित रु २५ हजार र वडा नं १२ ले सान्त्वना स्वरुप प्रमाणपत्र सहित रु १५ पुरस्कार पाएको गाँउपालीकाका प्रेस सल्लाहकार दिनेश चौलागाइले जानकारी दिनु भयो ।

बिहिबार भएको समापन खेलमा वडा नं ३ लाई २–१ गोल अन्तरले पराजित गर्दै वडा नं ५ प्रथम भएको हो ।


, , , , , ,