महासंघद्धारा उच्चअदालत आदेशको स्वागत,सिन्धुमा पदभारग्रहण


नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शर्मासहितका पत्रकारलाई उच्च अदालत पाटनले समाचारकै विषयलाई लिएर पक्राउ नगर्न आदेश जारी  गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बासुदेव बविन शर्मा, उज्यालो नेटवर्क प्रा.लि.का सञ्चालक तथा प्रधानसम्पादक बुद्ध लोप्चन, कार्यकारी सम्पादक अनिश तामाङलाई उच्च अदालत पाटनले समाचारकै विषयलाई लिएर पक्राउ नगर्न भनी जारी गरेको आदेशलाई नेपाल पत्रकार महासंघले सकारात्मकरुपमा लिँदै त्यसको स्वागत गरेको छ  ।  महासंघका महासचिब रोशन पुरीले बिज्ञेप्ती प्रकाशन गरि  आदेसको स्वागत गरेको हो ।  शुक्रबार जारी बिज्ञेप्तीमा समाचारप्रति सम्बन्धित सञ्चारमाध्यमबाट खण्डन भैसकेको अवस्थामा पक्राउ र धरपकड गरिनु कानुनविपरी हुने भन्दै अदालतले पक्राउ नगर्न आदेश दिएको हो । अदालतको यो आदेशको सम्मान हुनेमा विश्वस्थ महासंघ छ ।

पत्रकारहरुको यो कानुनी प्रक्रियामा सहयोग गर्नुहुने बरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधान, अधिवक्ता लिलामणी पौडेल, अधिवक्ता डा.दिनामणी पोखरेल, अधिवक्ता डा. भिमार्जुन आचार्य, अधिवक्ता भक्तिराम घिर र अधिवक्ता लोकेन्द्र वलीसहितलाई महासंघ हार्दिक धन्यवाद ज्ञापन गर्दछ।


प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय रिसर्च एण्ड एनलाइसिस विड्स ‘रअ’ का प्रमुख सामन्त गोयलबीच भएको चार बुँदे सहमतिका विषयमा समाचार प्रकाशित भएपछि प्रहरीले पक्राउ गर्ने उद्देश्यले केन्द्रीय सदस्य शर्मासहितका पत्रकारलाई खोजतलास गरेपछि महासंघ कानुनी उपचारमा गएकोहो ।

महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सधै प्रतिवद्ध छ र त्यसको सम्मान गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दछ भनीएको छ  । यसै बिच नेपाल पत्रकार महासंघले  पत्रकारलाई घरबाटै काम गर्ने वातावरण मिलाउन सम्बन्धीत पक्ष सँग आग्रह गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बिहीबार बसेको महासङ्घ पदाधिकारी बैठकले कार्यरत सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन सञ्चारगृहसँग मागसमेत गरेको छ । सञ्चार क्षेत्रमा स्वास्थ्य सामग्रीको सहज उपलब्धता, खोप लगाउन छुटेका पत्रकारलाई तत्काल खोप लगाउने व्यवस्था मिलाउन र कोभिडविरुद्धको लडाईंमा अग्रभागमा रहेर काम गर्ने पेशाकर्मीका नाताले विशेष प्रोत्साहन गर्न महासङ्घले आग्रह गरेको छ । बैठकले नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को दोस्रो लहरबाट जोगिँदै स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न आम सञ्चारकर्मीलाई आग्रह गरेको हो ।समाचारकक्षमा सामाजिक दूरी कायम गर्ने, सकभर घरबाटै काम गर्ने वातावरण मिलाउने, पर्याप्त स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न र प्रविधिको उच्चतम् प्रयोग गरेर सुरक्षित वातावरण निर्माण गर्नुपर्ने महासङ्घले जनाएको छ ।महासङ्घले कोभिड–१९ को दोस्रो लहरको प्रारम्भिक स्वरुप विश्लेषण गरी सञ्चार क्षेत्रमा गम्भीर समस्या उत्पन्न हुने आँकलन गर्दै अनुगमन समिति गठन गरेको छ ।समग्र विषयको अनुगमन तथा समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रमेश विष्टको संयोजकत्वमा उपाध्यक्षद्वय बाला अधिकारी, उदय जिएम, सचिव पवन आचार्य र नारायणसुन्दर किलम्बुका साथै प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्य रहेको समिति गठन गरिएको हो।त्यसैगरी कोभिड–१९ को दोस्रो लहरको प्रभावबाट प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार तथा सञ्चारगृहमा उत्पन्न हुनसक्ने समस्याको समाधान र समन्वय गर्न समिति गठन गरिएको छ ।महासचिव रोशन पुरीको संयोजकत्वमा सचिव गोविन्द चौलागाईं, लेखा समिति संयोजक लेखनाथ न्यौपाने, कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्य शान्तराम बिंडारी, विकास कार्की, रामकृष्ण अधिकारी, मणि दाहाल र कृति भट्टराई सदस्य रहेको समिति गठन गरिएको हो ।बैठकले केन्द्रीय समितिले गठन गरेको समितिसँग समन्वय गरी कोभिड–१९ को दोस्रो लहरबाट प्रदेश र जिल्लामा उत्पन्न हुनसक्ने समस्या र चुनौती सामना गर्न महासङ्घको प्रदेश, जिल्ला, एसोसियट र प्रतिष्ठान शाखालाई सक्रिय रुपमा काम गर्न निर्देशन समेत गरेको छ ।सम्भावित जोखिमबाट सञ्चार क्षेत्रलाई जोगाउँदै पत्रकारले कोभिड महामारीका बीचमा पनि निर्वाध र सहजरुपमा काम गर्ने वातावरण निर्माणका लागि पनि सरकारसँग विशेष आग्रह गरिएको छ।बैठकले सबै आमसञ्चारकर्मीमा महामारीको यो कठिन समयमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गर्दै जनताको सुसूचित हुने अधिकारको प्रत्याभूतिका लागि अग्रभागमा रहेर कर्तव्य पालना गर्ने निर्णय गरेको छ।  त्यसै गरि नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका नवनिर्वाचितहरुलाई पदभार हस्तान्तरण गरिएको छ । गएको चैत २५ गते भएको ११ औं अधिवेशन अन्तर्गत भएको निनर्वाचनबाट विजयी भएकाहरुलाई आज पदभार हस्तान्तरण गरिएको हो ।


प्रतिनिधि सभाका सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा, बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल, वाग्मती प्रदेश साँसद निमा लामाको उपस्थितिमा पदभार गरिएको हो ।निर्वाचनबाट अध्यक्षमा जीवन श्रेष्ठ, उपाध्यक्षमा दिनेश थापा, महिला उपाध्यक्षमा चन्द्रकला खत्री। सचिवमा विदुर आचार्य, सहसचिवमा नानीराम नेपाल,समावेशी सहसचिवमा केदार माझी, कोषाध्यक्षमा नेत्र पौड्याल विजयी हुनु भएको थियो । पदाधिकारीसहित कार्यसमिति सदस्य, केन्द्रीय परिषद र प्रदेश परिषदमा विजयी भएकाहरुले पदभार ग्रहण गर्नू भएको हो । 


, , , ,