ज्यानको आश नराखि बस्न बाध्य बोसिसा नु्मानाङ्ग बासि

रामचन्द्र बस्नेत

समयको बिभिन्न कालखण्डमा पटक पटक समस्याहरु भोग्दै आइरहेको सिन्धुपाल्चोकबासिको पिडा पुन ः बर्षा लाग्न थालेसंगै रातको निन्द्रा समेत उढ्न थालेको छ ।


सिन्धुपाल्चोक जिल्लाको भोटेकोशि गाउपालिका वडा नं १ स्थित बोसिसा नुमानाङ्गका ५१ धुरि घरहरु तल र माथि दुवै स्थानबाट पहिरोले घेरिएको छ ।

बर्खाको समयमा त पहिरो आउने पक्का नै भइहाल्यो अझ, यसपालि त हिउद महिनामा नै सुख्खा पहिरो जान थालेको कारण आफुहरु चिन्तित बन्नु परेको स्थानिय बासिन्दा राकेश बिश्वकर्मा बताउनुहुन्छ ।

स–साना बाल बालिका र बृध्द उमेरका ब्यक्तिहरु बसोबास गर्दै आएका सो गाँउमा बर्षको आधा समय खेतिमा नै बित्छ भने आधा समय बाढि र पहिरोको डरमा ।

न्युन आय र शिक्षित बर्गको कम उपस्थिति रहेको स्थान गाउपालिका भवनको दैलोबाट नै देखिने भएपनि पटक पटकको गुनासोमा समेत स्थानिय सरकार लगाएतका सरोकारवाला निकायको ध्यान नगएको कारण आफुहरुको अवस्था लिदी र नाकुचेको जस्तै हविगत हुने त होइन भन्दै स्थानियहरु चिन्तित  देखिएका छन  ।

उमेरले ७० बर्ष काटेका बसिष्टा बिश्वकर्मा बताउनुहुन्छ “अझै बर्खा त लाग्दै पो छ । अहिले भर्खर सुरु भएको यो झरिमा नै माथिबाट ढुङ्गा र माटो खस्न सुरु भइसक्यो । अव बर्खामा कसरी बस्नु ? न त पहिरो आँउदा कतै भाग्न नै सकिन्छ न , सरकारले कुनै अन्य बैकल्पिक स्थान नै दिएको छ ।”


त्यस्तै, अर्का स्थानिय रामकृष्ण कामि भन्नुहुन्छ “ सरकार साँच्चै निदाएको होइन ? यदि कृयाशिल भएको भए पालिकाको दैलोबाट नै देखिने र पटक पटक गुनासोमा पनि कुनै प्रतिकृया किन नदेखाएको ?” आफु र समाजमा अलि जान्ने सुन्ने भनिएका ब्यक्तिहरुको सहायतामा जिल्ला प्रशासन कार्यलय देखि बिभिन्न मन्त्रालय सम्मको ढोका ढ्कढकाइसकेको पनि ६ महिना बितिसकेको छ ।


कतैबाट आशाको ठुलो पोको पठाइन्छ त कतैबाट समबेदनामा नै टारिन्छ । कतैबाट कुनै आशा नदेखिएपछि पछिल्लो समयमा चर्चित लोकदोहोरी कार्यक्रम संचालक कृष्ण कडेल सम्म आफ्नो समस्या लिएर जाँदा रु दश लाख सहयोग गर्ने बाचा भयो । तर, ३ महिना सम्म पनि कुनै ताँजोपाँजो नदेखिए पछि वडा अध्यक्षको साथमा इन्द्रेणि कार्यक्रमस्थलमा नै पुग्दा भाइ म पछि आँउछु , अहिलेको लागि चिया खाएर जाउ भन्दै रु एक सय रुपैया हातमा राखेर निस्किएको भन्दै सोहि फाइलबाट सो रकम देखाउदै हुनुहुन्थ्यो ।

जनताको माग ठुलो नभएको र बर्खाको समयमा कुनै सुरक्षित स्थानमा बस्ने ब्यबस्था सरकारले मिलाइदिए आफुहरुको समस्या टर्ने सुकमाया बिक बताउनुहुन्छ ।समयमा यस तर्फ सम्बन्धीत निकायले ध्यान नदीने हो भने त्यहा भौतीक का साथै ठुलो मानबीय क्षेती हुने देखीन्छ । 


, , ,