समस्यामा परेका महीलाको उद्धार गर्न माकंले सहयोग गरेकोछ ः अर्याल


 बिपना तामाङ्ग

समाजमा अहिले पनि बालबालिका,महिला,जेष्ठ नागरिकहरु संकटमा पर्ने गरेको त्यस्ता समस्यामा परेकालाई संरक्षण गर्न मांकले उत्कृष्ट भूमिका खेलेको मेलम्चीनगरपालीकाको नगरप्रमुख डम्बर अर्यालले बताउँनु भएकोछ। उँहालेमहिला आत्मनिर्भता केन्द्र मेलम्चीले सोमबार महिला तथा बालबालिका पुर्नस्थापना केन्द्र ,आवस कक्षको उद्घाटन गर्ने क्रममा यस्तो बताउँनु भएकोहो ।


मांकको आफ्नै भवनमा सो कक्षको उद्घाटन गर्नु हँदै नगर प्रमुख अर्यालले समस्यालाइ न्यूनीकरण गर्न र हटाउन गाउँ गाउँमा प्रशिक्षणको आवश्यक रहेको बताउदै संबेदनसिल कुराहरुमा गाउँका अगुवाहरुलाई जानकारी गराउन पर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै उपप्रमुख भगवति नेपालले संरक्षण केन्द्र संचालन गर्न चुनौती रहेको भन्दै आगामी दिनमा सहकार्य गर्दै अगाडि बढेमा चुनौती लाई सामना गर्न सकिने बताउनुभयो । उहाँले कानुनी कुराहरुमा विशेष ध्यान दिन सुझाव दिदै गोपनियताको कुरामा बिशेश ध्यान दिन आग्रह गर्नुभयो । निरन्तरता क्रियाशिलता र गोपनियता ख्याल गर्दै कार्य गर्न सुझाव दिनुभयो ।उपप्रमुख नेपालले सीप सिकाउनका साथै परिवार तथा समाजमा पुनर्मिलन गराउन पनि संस्थाको भुमिका अग्रणी हुने बताउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष डोल्मा तामाङले पहिलो चरणको सपना पूरा भएको भन्दै आगामी दिनमा सहयोगको अपेक्षा गर्नुभयो । उहाँले बजेटको स्रोतहरुको खोजिगरिरहेको बताउदै स्थानिय सरकार विभिन्न सघंसस्था सँग सहकार्यको लागि आह्वान गर्नुभयो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमार कोइराला, मेलम्ची ११का वडा सदस्य टिकादत्त धिताल, लगायतले आफ्नो धारणा राख्नुभएको थियो । सो केन्द्रमा मेलम्ची नगरपालिका, इन्द्रावति गाउँपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका र हेलम्बु गाउँपालिकाका विभिन्न समस्यामा परेका नागरिकलाई संरक्षण गरिने मांकका कार्यक्रम ब्यबस्थापक कृष्ण गुरुङले जानकारी दिनुभयो ।


, , , , ,