१२ र १४मा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न

 सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालीका १४मा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।


भेलाले उद्धब नेपालको अध्यक्षताम ३५सदस्यीय वडा कमिटी गठन गरेको छ भने सरीता रिसालको संयोजकत्वमा २१सदस्यीय अनेमसंघ,प्रकाश तामाङ्गको संयोजकत्वमा ३५सदस्यीय युवा संघ बाबुराम बस्नेतको संयोजकत्वमा २१सदस्यीयअखील नेपाल  किसान संघको समेत गठन गरिएको छ ।

कार्यक्रम नेकपा एमालेका  बागमती प्रदेसका सह इन्चार्ज पुर्ब मन्त्री माननीय शेरबहादुर तामाङ्कको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नेकपा एमालेका  बागमती प्रदेसका सह इन्चार्ज पुर्ब मन्त्री माननीय शेरबहादुर तामाङ्कलेनेकपा एमाले लाइ कसैले छेकेर नछेकीने कसैले हराउँछु भने नहार्ने भएको बताउँनु भएको छ ।

उाहाले अब सामाजीक सुरक्षा भत्ता मा बृद्धी हुने, कृषी उत्पादनका लागी अती आबश्यक पर्ने रासायनीक मलको हाहाकार नहुने , किसानले  मागे जती मल उपलब्ध हुने स्वास्थ्य सुबिधाका लागी दुख पाउँन नपर्ने गरि नेकपा एमालेको सरकारले काम गरिरहेको र गर्ने  बताउँनु भयो । पिपलको पबीत्र रुखको हाँगामा ऐजेरु बसेको रहेछ त्यही ऐजेरु ले पिपलको बोट नै मै हु भन्थाने छ पछी पिपलको बोटले एजेरु खशाले पछी न भुइको न रुखको भएछ, त्यसैले कसैलेपनी पबीत्र चिजलाइ अपबीत्र बनाउँन हुदैन तामाङ्गले भन्नु भयो । उँहाले  माओबादीका साथीहरु अब एकतामा होइन एमालेमा प्रबेस गर्ने दिन आएको बताउँदै समयमा नै एमालेमा प्रबेश गरेर आफ्नो हैसियत कायम राख्न र एजेरु सँगै भुइमा खशेका पिपलका पातहरुलाइ पिपलको बोटमा आउँन समेत अनुरोध गर्नु भयो। पुर्ब मन्त्री तामाङ्गले  तामाङ्ग बस्तीको माझमा छ्योर्तन र क्षेत्री बाहुनको माझमा मन्दीर भए मात्र समाज सुहाउँदो हुने आफुलाइ लागेकोबताउँदै आगामी दिनमा यस्ताकामहरुलाइ पनी नेकपा एमालेले प्राथमिकतामा राखेर बिकासका कामहरु अगाडी बढाउँने बताउँनु भयो ।उँहाले डडुवामा आफ्नै पालामा लिफ्ट खानेपानीको योजना सम्पन्न गर्ने , सडकको कालोपत्रेगर्नेकाम समेत बताउँनु भयो ।  कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य इन्द्र नेपालले बिगतका दिनहरुमा गरेको एमालेका बिकासका कामहरुका कारण एमालेमा जनताको बिश्वास रहेको बताउानु भयो अर्का जिल्ला कमिटीका सदस्या तथा युवा नेता रामचन्द्र बस्नेतले झुटको राजनीती नटीक्ने बताउँदै सच्चा राजनिती गर्न सबैलाइ आग्रह गर्नु भयो ।

उँहाले बिकासका कामहरुमा गरिने पक्षपातले  कसैलाइ पनी भलो नहुने बताउँनु भयो । अर्का सदस्य सुक्रराज प्याकुरेलले तोरी र कोदो एकै ठाउँमा मिसाएर पेलेको पिठो पनी भएन तेल पनी भएन त्यसैले तोरी र कोदो छुटीएको बताउँदै नेकपा एमाले ले मात्र देसको बिकास गर्न सक्ने बताउँनु भयो ।

जिल्ला सम्मन्वय समितीका उपप्रमुख तथा नेकपा एमालेकोनेतृ अखिल.नेपाल महीला संघको जिल्ला अध्यक्ष बालकुमारी सापकोटाले एमालेले  महीलाको सम्मान , जेष्ठ नागरिकको सम्मान तथा नागरिकहरुको सम्मान गर्नेपरिपाटीको बिकास गरेको बताउँनु हुँदै नेकपा एमालेमा रहेर काम गर्न सबैमा आग्रह गनूर्् भयो ।

कार्यक्रममा  नेकपा १४ न का नेता मोहन बस्नेत शम्भुले स्वागत मन्तब्य राख्दै नेकपाएमाले को कार्यक्रममा सहभागी सबैलाइ स्वागत गर्नु भयो ।

कार्यक्रमको सभापतत्वि गरिरहनु भएका नेकपा एमालेका १४ नं का अध्यक्ष उद्धब नेपालले नेकपा माओबादी हरु अतालीएर कार्यक्रममा नजान उर्दी जारी गरेकोमा आक्रोस पोख्दै  एमाले काँग्रेसको कार्यक्रममा गए सिफारिस नदीने , बिकासका बजेट नदीने भने धम्क्याउँने काम गरेकोमा यस्तो काम बन्द गर्न  चेतावनी दिनुभयो । उाहाले  नागरिकको स्वतन्त्रता माथी दावा नबोल्न चेतावनी दिनुभयो ।

बिकासका लागी हुने खर्च लगाएत  वडामा आउँने खर्चहरु हाम्रै करबाट सङ्कलीत रकम बाट आउँने भएकाले काँग्रेस एमाले भएकै भरमा पक्षपात गरेमा त्यसको बिरुद्धमा एमाले लागेर जनतालाइ न्याय दिने बताउँनु भयो ।  कार्यक्रमको सञ्चालन गर्दै नेता सरोज बोहोराले नेकपा एमाले तानाशाह र कसैको उर्दी मान्ने पाटी होइन त्यसैले यसको कार्यक्रम भाँडन वडाको धाक र त्रासले कुनै अर्थ नराख्ने बताउँदै माओबादीले मेयर आउँने , सबैले अनिबार्य उपस्थिती हुन पर्ने भनेर ढाँटेर वडामा बोलाएको  तर कार्यक्रममा जाँदा र ब्यानरमा माओबादी महीला सङ्गठनको भेलाको ब्यानर राखेको ले काँग्रेस एमाले सँग आबद्ध महीलाहरु तत्काल कार्यक्रम स्थलबाट बाहीरिएको र अरुलाइ बिभिन्न प्रभावमा पारेर राखेको उपस्थिती पुस्तीकामा सही गराएर पाटी प्रबेशको ढ्वाङ्ग फुकेको बताउँनु भयो । बोहोराले माननिय शेर बहादुर  तामाङ्गको पहलमा लिफ्ट खानेपानीको लागी बिनीयोजन गरिएको गतबर्षको  पचास लाख रुपैयाको कुनैपनी काम नगरि रकम फ्रीज गरेको र यस बर्ष पनी कामको शुरु वात नगरेकोमा वडा प्रती आक्रोस पोख्दै नागरिकता बनाउँन सिफारिस नदीएर जिल्ला प्रशासनमा न्याय माग्न पर्ने अनी गाँउमा रहेका सहकारीहरुलाइ पक्षपात गरेर आफुसँग आबद्धलाइ मात्र अनुदान दिएको किसानले प्रयोग गर्ने मलमा समेत पक्षपात गरेको मा त्यसको हिसाब किताब एमालेले खोज्ने र पक्षपात हुन नदीने बताउँनुभयो।  कार्यक्रम डडुवाको सामुदायक भवनमा भएको थियो । जिल्ला कमिटीका सदस्य राजुनेपाल,सञ्जीब सापकोटा,सुदन गिरी,राजेन्द्र खड्का, आर.के.गिरी लगाएतको जिल्ला तथा क्षेत्र, स्थानीय नेता तथा कार्यकर्ता हरु को उपस्थितीमा नेकपा माओबादी केन्द्र  परित्याग गरि पञ्च बहादुर तामाङ्गको नेतृत्वमा १९ जना नेकपा एमालेमा प्रबेश गरेका थिए ।

यसैगरी नेकपा एमाले चौतारा सङाचोकगढि नगरपालिका वडा न १२ को अगुवा कार्यकर्ता भेला भब्य रुपले सम्पन्न भएको छ। उक्त भेलाले सुजनलाल श्रेष्ठको अध्यक्षता र सचिव बिनोद गिरि सहित३५ सदस्यिय वडा कमिटी गठन भएको छ। उक्त भेलाले मनिता श्रेष्ठको संयोजकत्व मा  २१ सदस्यीय अखील नेपाल महिला संघ र रुपक गिरिको संयोजकत्वमा ३५ सदस्यीय  युवा सङ वडा कमिटी गठन गरियको पाटी इन्चार्ज राधा कृष्ण गिरि ले जानकारी दिनु भयो। 

, , ,