बन डढेलो नियन्त्रणको लागी दोश्रो अभियान शुरु


 बन  डढेलो नियन्त्रणको लागी शुरु गरिएको अभियान अन्तरगत सिन्धुपाल्चोक जिल्लाको मेलम्चीनगरपालीका  हेलम्बु गाँउपालीका पाँचपोखरी थाम्पाल गाँउपालीका लगाएतका क्षेत्रहरुमा पनी जारी रहेको छ ।




सामुदायक बन उपभोक्ता महासंघको आयोजनामा डिभिजनबनकार्यलयको सहयोगमा संञ्चालन भएको यो अभियानमा बागमती प्रदेस महासंघका सदस्य नेत्र धिताल,सामुदायक बन उपभोक्ता महासंघका सिन्धुपाल्चोक जिल्ला अध्यक्ष खेमराज आचार्य  जिल्ला सामुदायक बन उपभोक्ता महासङ्घका सचिब दयालक्ष्मि श्रेष्ठ सुनकोशी पालीका महासंघका कोषाध्यक्ष बागमती प्रदेसका प्रतिनिधी  शारदा प्रसाद चालीसेले लगाएतका  अभियान्ताहरुको टोलीले चेतनामुलक सन्देश दिदै घरदैलो अभियान मा लाग्नु भएको छ ।

वर्तमान समयमा बढ्दै गएको वन क्षेत्र भित्र लाग्ने डढेलोलाई व्यवस्थित तरिकाले व्यवस्थापन गर्न सम्वन्धित सामुदायिक वन क्षेत्रका उपभोक्ता नागरिकहरुलाई सचेत गराउन सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सिन्धुपाल्चोक र डिभिजन वन कार्यालय सिन्धुपाल्चोकको आयोजनामा स्थानीय पालिका महासंघ र सवडिभिजन वन कार्यालय तथा स्थानीय सरकार संगको समन्वयमा पुनः दोश्रो चरणको अभियान गत सोमबार बाट चौताराबाट सुरु भएको हो ।

अभियानको पहिलो दिन चौताराबाट सुरु भै इर्खु ठूलोसिरुवारी सानो सिरुवारी भोटसिपा, सिपापोखरे फटकसशिला हुदै मेलम्ची र दोश्रोदिन मेलम्ची नगरपालिका भित्रको भोटेचौर तालमाराङ दुवाचौर, शिखरपुर लगाएतका वन क्षेत्र भित्रका उपभोक्ताका बसोबास स्थलमा सचेतनाको अभियान सञ्चालन गरिएको छ। 

अभियानको क्रममा १७ वन क्षेत्रमा आगो लागिरहेको कतै भर्खरै आगो लाग्न सुरु भएको कतै ३÷४ दिन देखि डढेलो सुरु भइ वन नै सखाप भैसकेको दृश्य प्रत्यक्ष देखिएको थियो ।


जुन दृश्यलाई दृष्टिगत गर्दै गर्दा विशेषगरी वन क्षेत्रमा आगोलागि स्थानीय नागरिकले झुक्यिएर भन्दा पनि जानाजानी लगाएको जस्तो देखिन्छ । साँझपख बढी आगोलागि सुरु हुने गरेको प्रायः देखिन्थ्यो र डढेलो लागिसकेका तर संयोग बस डढेलाले नभेटिएका क्षेत्रमा पनि खोजि खोजि  पुनः साँझपख मानिस नचिन्ने समयमा बढि आगोलागी भइरहेको  अवस्थामा देखिन्थ्यो । जहाँ वनमा डढेलो भइरहेको अवस्थामा कोहि कसैको पनि डढेलो नियन्त्रणको लागि ध्यानाकर्षण भएको पाइएन अभियानमा सहभागी जिल्ला बन उपभोक्ता महासंघका सचिब दयालक्ष्मी श्रेष्ठले बताउँनु भयो । उपभोक्ता र  स्थानीय सरकार तथा  सरकारी निकाय ले वास्था नगर्दा यो अबस्था भएको  श्रेष्ठले बताउँनु भयो ।


सामुदायिक वन क्षेत्र भित्रको यस्तो दिनानुदिन बढ्दै गएको डढेलो हिजोको नाङ्गो डाँडापाखाहरु यसरी हरियाली वनको रूपमा विकास गरि आज आम्दानी भित्र्र्यााउने बेलामा आगो लागि हुदा लाखौं करोडौंको धनको क्षति हुन पुगेको छ भने अधिकाशं वन्यजन्तु संकटमा परी प्रजाती नै लोप हुने अवस्थामा पुगेको छ । डढेलोबाट निक्लिएको धुवाँले सिंगो वायुमण्डल नै प्रदुषण भइ सम्पूर्ण प्राणी जगतलाई स्वच्छ वातावरणको अभावमा अनेकौं स्वास्थ्य समस्या सँग जुध्नु पर्ने बाध्यता सृजना भएको छ।


जैविक विविधताको क्षयीकरण भइ प्रकृतीक प्रणालीमा खलल हुन पुगेको छ , पृथ्वीमा हरितगृह प्रवाह बढिरहेको छ । वन क्षेत्रमा हुने अध्ययन अनुसन्धानका कृयाकलापमा प्रभाव परेको छ । पर्यापर्यटन व्यवसाय धरासायी भएको छ। सिमसार क्षेत्र र पानीका मुहान सुक्दै मरुभूमिकरणमा परिणत हुदै  गएको छ।सम्बन्धीत निकायले ध्यान नदीदाँ वनबाट उपलब्ध हुने कच्चापदार्थ जडिबुटी, काठ, वनवुट्यान आदि डढेलोले नष्ट हुदा वनमा आधारित सम्पूर्ण उद्यम धरासायीमा परेका छन ।अभियानकै शिलशिलामा वन क्षेत्र भित्र सञ्चालन भइरहेको विकासका गतिविधिले पनि वन क्षेत्रलाई ठूलो नोक्सान पु¥याएको पाइएको छ । वन क्षेत्र भित्रका नदी खोलाका किनारमा हुने उत्खननले पनि सामुदायिक वन क्षेत्रलाई प्रत्यक्ष प्रभाव पारिरहेको छ। सामुदायिक वनका उपभोक्ताले पानी समेत नखाई हातमा लौरा सिठी फुकेर वर्षाै देखि जोगाएर यो अवस्थामा विश्वलाई नै उदाहरणीय बनाउन सफल रहेको  समुदायको सामुहिक प्रयासबाट व्यवस्थापन भइ   चिरपरिचित सामुदायिक वन उपभोक्ताको धन भन्ने नारा भविष्यमा नयाँ पुस्ताका लागि उखान हुन पुग्ने अवस्थामा अहिलेको परिदृष्यले उधृत गर्दै गरेको अनुभुति भएको छ।सामुदायिक वन क्षेत्रमा हुने यस्ता गतिविधिलाई समयमै रोक्न सम्वन्धित सबै  सरोकारवाला पक्षको तत्काल ध्यानाकर्षण हुन जरुरत छ ।  तीनवटै तहका सरकारको भुमिका , सम्वन्धित कार्यकारी निकायका भुमिका , वन वातावरण ऐन, वन्यजन्तु संरक्षण ऐन नियमावली र कार्यविधिको तदारुकताको साथ कार्यान्वयन, उपभोक्ताको सकृयता सम्पूर्ण सरोकारवाला पक्ष बीचको समन्वय भएको खण्डमा यस्ता गतिविधि गर्ने र गराउने सबैलाई नियन्त्रणमा लिएर कार्वाही गरेमा यस्ता वन क्षेत्र भित्र हुने फौजदारी आपराधिक कृयाकलापमा न्यूनीकरण गर्न सकिन्छ ।

जिल्ला व्यापी यश अभियानले वन  डढेलो नियन्त्रणका लागि सम्वन्धित पक्षलाई ध्यानाकर्षण गराउने र सचेत गराउने सानो प्रयास मात्र हो यसको पुर्णतया नियन्त्रणको लागि स्थानीय सरकार, उपभोक्ता, वन समूह, स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय  विपद व्यवस्थापन तथा जोखिम न्यूनीकरण समिति, अन्य सेवा प्रदायक निकायको समन्वय र सहकार्यबाट नियमित अनुगमन र अनुसन्धान गरि  नागरिकलाई सचेत गर्दै अपराधीलाई कार्वाही गर्न अनिवार्य आवश्यक रहेको सहभागी अभियान्ता सामुदायक बन उपभोक्ता महासंघ सिन्धुपाल्चोकका सचिब दयालक्ष्मी श्रेष्ठले बताउँनु भयो । 



यस अभियानलाई सफल बनाउन सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सिन्धुपाल्चोकको नेतृत्वमा स्थानीय पालिका महासंघका पदाधिकारीहरु सव डिभिजन वन कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, लोक प्रिय लोकप्रिय नेत्रज्योति समाचार समुहका सञ्चारकर्मी लगायतका अभियान्ताहरुको सकृयतामा यो अभियान अघि बढी रहेको बन उपभोक्ता महासंघ सिन्धुपाल्चोकका अध्यक्ष खेम आचार्यले जानकारी दिनु भएको छ ।दोश्रो चरणको यो अभियानमा जिल्लाका सबै पालिकाको सबै क्षेत्रमा पुगि उपभोक्ता नागरिकलाई सचेतना गर्ने, अभिमुखीकरण गर्ने, वन डढेलो व्यवस्थित व्यवस्थापनको डेमो प्रदर्शन गर्ने र स्थानीय सरकारलाई छिटोभन्दा छिटो स्थानीय वन तथा वातावरण ऐन नियमावली बनाई कार्यान्वयन गर्न अनुरोध गर्ने र भौतिक संरचनाको विकासमा जस्तै वन वातावरणको क्षेत्रमा पनि नीतिगत योजना निर्माण, बजेट विनियोजन तथा कार्यक्रम व्यवस्थापन र कार्यान्वयनका लागि अनुरोध गर्ने मुख्य यस अभियानको कार्यक्रम रहेको अभियानमा सङ्गलग्न प्रदेस प्रतिनिधी शारदा चालीसेले बताउँनु भयो ।


यस अभियानलाई प्रभावकारी बनाउन स्थानीय प्रहरी तथा सुरक्षा निकायलाई  परिचालन गरि अभियानमा सँगसँगै संलग्न गराइ अपराध गर्नेलाई नियन्त्रण गर्न र वनमा आगो लागि भएको भेटिएको खण्डमा व्यवस्थित डढेलो नियन्त्रणका विधि प्रकृया अपनाइ वनडढेलो नियन्त्रण गर्न अत्यन्तै जरुरी  भएको सिकाईको अनुभव भएको छ यसको लागि जिल्ला विपद व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिका संयोजक प्रमुख जिल्ला अधिकारी हुनुभएकोले यस अभियानलाई  सहयोग गर्न   आवश्यक सुरक्षा दस्ता र अग्नि नियन्त्रक उपलब्ध गराइ सहयोग पु¥याइदिन ध्यानाकर्षण साथ अनुरोध गर्दछौं जिल्ला बन उपोक्ता महासंघका जिल्ला सचिब दयालक्ष्मी श्रेष्ठ ले  बताउँनु भयो ।

साथै जिल्लामा अन्य विपदका विषयले जस्तै वन डढेलो नियन्त्रणका विषयले पनि स्थान पाउँन पर्ने र  तत्कालै यस विषयमा छलफल गर्ने वातावरण बनाइदिन हुन  जिल्लाका ५२७ सामुदायिक वन उपभोक्ता समूह र  छाता संगठन १२ वटा पालिका महासंघ तथा जिल्ला महासंघले  विशेष अनुरोध गरेको सचीब श्रेष्ठले बताउँनु भएको छ ।



, , , , ,