चौतारा अस्पातल को सेवा स्थगीत सँगै बजार पनी बन्द


सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पतालका सेपाहरु बन्द गरिनुका साथै बिहान १० बजे देखी सबै पसलहरु बन्द गरिएको छ । सिन्धुपाल्चोकमा कोरोेना भाइरसको दोस्रो लहरमा संक्रमितको संख्या बढ्दै गएपछि बजार क्षेत्रमा  भिडभाड हुने भएकाले बजार बन्द गरिने  भएको हो  ।


जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमित बढ्दै गएपछि जिल्लाका मुख्य बजारहरू बन्द गर्र्ने निर्णय गरेको हो ।                                                                                                                                                                               


चौतारा, मेलम्ची, खाडिचौर र बाह्रबिसे लगाएत बजारका पसल व्ययवसाय बिहान १० बजेसम्म मात्रै सञ्चालन गर्न दिईने भएको छ । अत्यावश्यक बाहेक उक्त बजारका स्थानीयका साथै जिल्लाबासीलाई घर बाहिर ननिस्कन पनि समितिले आग्रह गरेको छ ।

साथै होटल, रेष्टुरेन्ट सञ्चालन गर्दा पूर्ण स्वास्थ्यमापदण्ड पालना गरेर गराउन समेत बैठकले आग्रह गरेको छ । साथै जिल्ला प्रवेश  गर्ने नाकाहरुमा हेल्थ डेस्कको स्थापना गरि कडाइ गरिने भएको छ ।शुक्रबार  थप ५ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका अनुसार चौतारासाँगाचोकगढी नगरपालीका मा ३४ बाह्र्बिसे नगरपालीकामा १मेलम्च्ी नगरपालीकामा १ हेलम्बु गाँउपालीकामा २० गरि जम्मा ५६ जना मासक्रमण देखिएको योे जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गा दत्त चापागाइले जानकारि दिनु भएको छ ।  


, , , , , ,