सिटिजन्स बैंककाग्राहकहरुले होटेल एम्बासडरमाविशेष छुट प्राप्तगर्ने


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लैंनचौर, काठमाडौं स्थित होटेल एम्बासडर, बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो सम्मmौतापश्चात् सिटिजन्सबैंकका कार्डबाहकहरुले होटेल एम्बासडरको सेवा सुविधामाविशेष छुट पाउनेछन् । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएकाग्राहकहरुलाई पनितत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्थापनि गरेको छ ।


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका प्रबक्रा उमगं शर्माका अनुसार सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १६७ वटा शाखा, ११३ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे नौ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतमप्रविधिको अधिकतमप्रयोग गर्दै आफ्नाआदरणीय ग्राहकमहानुभावहरुको वित्तीयआवश्यकताहरु डिजिटली च्यानलको माध्यमबाट प्रदानगरिरहेको छ ।

यसलाई मूर्त रुप प्रदानगर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्गएपमा लग–ईन गरेर काउन्टरमाभएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकमझिक्नक्अबल ७ ध्ष्तजमचबध सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमाबैंकको शाखामागएरनिवेदनदिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवापुग्ने विश्वास बैंकले लिएको छ ।व्यवसायिकज्ञानको कमि, वित्तीयबजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचितनहुनु तथाव्यवसायिकतालिम र अभिमुखीकरणको  अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीलेलगानीयोग्य पुंजी सदुपयोग हुननसकेको परिस्थितिलाई न्युनिकरण गर्न यस बैंकले वित्तीय साक्षरताकाकार्यक्रमहरुका साथसाथै सुलभ र सहजतवरले सहुलियतपूर्ण कर्जा प्रवाहगर्दै आएको छ ।



, , , ,