कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बिचार(कबिता) साधना तिमल्सीना

 


समानताका कुरा न गर बर्ग संगै  यहाँ जात मिल्दैन ।

गरिबलाई खान यहाँ राम्रो सङ्  दाल र भात मिल्दैन ।


कोहि कलिलो ,कोही सुकेको कोही पहेँलो र हरियो ।

हेर न प्रिय मित्र त्यहाँ एउटै रुखको पात मिल्दैन ।


कोहि हास्छन,कोहि रमाउछन डुब्छन्  पिर र बियोगमा ।

रक्सी एउटै हो तर ब्यक्ति अनुसार यसको मात मिल्दैन ।


मायालु सङ् साथ हुँदा प्यारो नत्र उराठ लाक्दो हुने ।

त्यही जुन तारा भय पनि सधैं एकै नासको रात मिल्दैन ।


कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बिचार भने झैं  यो धर्तीमा ।

एउटै सिरक ओढ्ने पति पत्त्नी बिचमा त बात मिल्दैन ।

, , ,