गजल लोकप्रिय =घनश्याम नेपाल



 

चौ






नंया बर्ष नंया हर्ष नंया रङ्गका दृश्यहरु

देख्न पाईयोस गगन चुम्विछुने चङ्गाका दृश्यहरू । 

के दिउँ शुभकामना अंजुलिमा मेरो यो भुमी भरि

मेरा खोला नाला सुसाई रहिछन् हेर्दैछु डुंगाका दृश्यहरू । 

मेरो स्लेष्मान्तक बनका वरिपरि  मेरा पुर्खा नाचिरहेका छन्

हेर्छन टुलु टुलु बहेकी बागमति गंगाका दृश्यहरू । 

मेरा दौरासुरुवाल ति बिदेशका खाडिहरुमा कहाँ छन् लुकिरहेका

आमाको चोलि फरिया कहाँ देख्न पाउँछु ति महंङ्गका दृश्यहरू । 

मैले पश्चातापको भारि बोकेको छु किन भने मेरो पहिरन नै गेरू नहुँदा 

बुद्दको जन्म थलो यतै लाग्छ यि अंगका दृश्यहरू । 

मेरा घना जंगलका बाघ भालू सिंह र स्यालहरू सित 

मलाई मितेरि लाउनु थियो लौन देखुँ ति जुङ्गका द्रृश्यहरू । 


, ,