सभामुखद्धारा बुद्धपार्कको शिलान्यास


सभामुख अग्नी प्रसाद सापकोटाले बुद्धपार्कको  शिलान्यास गर्नू भएको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढि नगरपालिका ६ स्थित दारेगौडाको पानी ट्यांकी डाँडामा बन्ने बुद्धपार्कको  (सोमबार) एक समारोहका बिच सभामुख ले  शिलान्यास गर्नुभएको हो ।


६ करोड २१ लाख त्रिपन्न हजार सात सय अठासी रुपैयाँ  बुद्धपाक बन्न लागेको चौतारा साँगाचोकगढी नगरपालीकाका को  प्रमुख अमानसिह तामाङ्गले जानकारि दिनु भयो । उँहाले सुकुटे आउने पर्यटकलाई सांगाचोकको गढि, ईर्खुको रानीपोखरी , बुद्ध पार्क ,गौरती मन्दिर हुदै ओख्रनीको चिया वगाउन घुम्न सक्ने गरी पर्यटन केन्द्रित कार्यक्रममा नगरपालिकाले जोड दिएको र सोही अनुसार  पार्क बन्न लागेको तामाङले बताउनुभयो ।

६७ फिट अग्लो चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ६ को गौंरती सामुदायिक बन क्षेत्रमा पर्ने पानीट्यांकी डाँडामा निर्माण हुने उक्त बुुद्धपार्कको निमार्णको लागि उमा÷काली÷प्रसीन जेभी ले निर्माण सम्झौता गरीसकेको छ । चौताराको दुरसंचारबाट पार्क पुग्न हजार सिडिको निमार्णको काम समेत ६० प्रतिशत भन्दा बढी भईसकेको छ ।


, , , , , , ,