सिन्धु काँग्रेसको समायोजनको टुङ्गोलगाउँने जिम्मा बस्नेत र लामालाइ


नेत्र बहादुरबस्नेत,सिन्धुपाल्चोकले तत्काल जिल्लाको  क्रियासिल सदस्यताको टुङ्गो लगाउँने भएको छ । 


नेपाली काँग्रेस जिल्ला कार्यसमितीको सिन्धुपाल्चोक चौतारामा बसेको बैठकले जिल्लाका सबै  वडाहरुमा अधिबेशनका लागी सबैलाइ तैयारी गर्न,निर्देशन दिएको छ भने वडाकार्यलयमा भएका अनियमितता जनाता माथी भएको अन्याय र भ्रष्टाचाका बिरुद्ध एक भएर लाग्न  भन्दै पार्टीका सबै भातृ संस्थाहरुलाइ सक्रीय हुन भनेको छ ।

पाटी सभापती बिकास लामाको सभापतित्वमा बसेको ४१ओै जिल्ला कार्यसमितीको बैठकले स्थानीय तह समायोजन सम्बन्धी  निर्देशिका २०७६ अनुसार सिन्धुपाल्चोक जिल्लाको स्थानीय तह समायोजन गर्नका लागी  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम खेलकुद बिभाग संयोजक मोहन बहादुर बस्नेत र जिल्ला पाटी सभापती  बिकास लामा लाइ अख्तीयारी दिने निर्णय गरेको नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सचिब बिल बहादुरतामाङ्गले जानकारीदिनु भयो।

बैठकको प्रमुख अतिथ्यता ग्रहण गर्दै पुर्ब मन्त्री नेपाली काँग्रेसका केन्द्रीय सदस्य, खेलकुद बिभागका संयोजक  मोहन बहादुर बस्नेतले आफु पदका लागी नभएर काँग्रेसका कार्यकर्ताकर्ताको सुरक्षा र सक्रिय ताका लागी अगाडी बढेको बताउँनु भयो। सिन्धु पाल्चोक जिल्लाका काँग्रेसका कार्यकर्ताहरुको मनोबल उच्च राखेर काम गर्न जिल्ला कार्यसमिती लाइ  निर्देशन दिदै कार्यकर्ता संरक्षणका लागी केन्द्रमा गर्न पर्ने काम आफुहरुले गर्ने बताउँनु भयो ।

उँहाले काँग्रेस भएर काम गर्दा कार्यकर्ताले सुरक्षित , र  ब्यबस्थित महशुस गर्न पाउँन पर्ने बताउँदै बस्नेतले त्यसका लागी नेपाली काँग्रेस आफुहरु सँधै लागी पर्ने बताउँनु भयो । बैठकमा बिशेष अतिथी नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री बिष्णुबिक्रम थापाले काँग्रेस एक एतिहासिक प्रजातान्त्रीक पार्टी भएकाले यस पाटी भित्र बिचार बहस अनी  तल्लो तहका कार्यकर्ताहरुको समेत कुरा सुनेर मात्र निती निर्दैशीका  बनेर लागू गर्न पर्ने भएकाले त्यस्ता छलफललाइ बिबाद भन्न नमील्ने बताउँदै नेपाली काँग्रेस ले मात्र  राष्ट्र््र र जनताको संरक्षण गर्नसक्ने भएकाले आगामी निर्बाचनमा  नेपाली  काँग्रेसलाइ  दुइ तिहाइको  मत बटुल्न सबै लागी पर्नु पर्ने बताउँनु भयो ।

पाटी सभापती बिकास लामाले पाटी भित्र बिपक्षीले भने जस्तो बिबाद नभएको तर पाटी अगाढी बढाउँने बिषयमा सैदान्तीक बहस हरु समय समयमा हुने गरेको बताउँदै  हरेक पालीका तथा वडाहरुले वाटीको बिधान निती निर्देशन अनुसार काम गर्न निर्देशन दिदै बिधी बिधान बिपरित काम  गर्ने लाइ पाटीले छुट नदीने बताउँदै राम्रा कामलाइ पुरस्कार र नराम्रा कामलाइ कार्वाहीको निती पार्टीले लिएको बताउँनु भयो । निर्माण ब्यबसायी सिन्धुपाल्चोकको सभाहलमा भएको बैठकमा सिन्धुपाल्चोकजिल्लाका पुर्बसभापतीहरु श्यामबहादुर श्रेष्ठ, भुपेन्द्र थापा,गाँउपालीका महासंघका महासचिब तथा इन्द्रावती गाँउपालीकाका अध्यक्ष बंशलाल तामाङ्ग,काँग्रेसका बरिष्ठ नेता हरिशरणश्रेष्ठ लगाएत  केन्द्रीय नेताहरु जिल्ला नेताहरु सबैक्षत्रीय सभापतीहरु तथा जिल्ला कार्यसमितीका पदाधिकारीलहरुकोउपस्थिती रहेकोथियो।

यो ४१औ जिल्ला कार्यसमितीको बैठकले सिन्धुपाल्चोकका काँग्रेसलाइ राम्रो सन्देश गएको र यसले गाँउ गाँउका कार्यकर्तालाइ काँग्रेसको सङ्गठन  सक्रीय बलीयो गराउँन ऐतिहाासिक  शक्ती पाएको नेपाली काँग्रेसका  कार्यकर्ताहरुले बताएका छन । यो बैठकले काँग्रेसलाइ एक भएर अगाडी जान प्रेरेणा मिलेको छ । 


, , , , , ,