परिक्षा सबै स्थगित उपत्यकामा निषेधाज्ञा


त्रिभुवन विश्वविद्यालयले पुर्वनिर्धारित वार्षिक प्रणालीका सबै परिक्षा हरु स्थगित गरेको छ । मङ्गलबार देखी हुने   सबै परीक्षाहरु अर्को सुचना नआएसम्मको लागि स्थगित गरेको हो  ।


सिन्धुपाल्चोक जिल्ला सम्मन्वय समितकिो बैठकहलमा सभामुखको प्रमुख अतिथ्यतामा  बैठक बसी बैशाख महीना भर परिक्षा सञ्चालन गरेर बिद्यालय बन्द गर्ने निर्णय गरेको भएता पनी जिल्लाका क्याम्पसहरुले परिक्षा स्थगित गरेका छन ।


त्यसै गरि हेलम्बु गाँउपालीकाले पनी  कोभीड १९को जोखी भएको भन्दै अर्का निर्णय नभए सम्मका लागी बिद्यालय बन्द गरिनुका साथै गाँउपालीकामा सभा सम्मेलन तथा अन्य कार्यहरु नगर्ने निर्णय गरेको छ , यस्तै चौतारा क्याम्पसले पनी परिक्षा स्थगित भएको जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा स्थानीय तहका प्रमुख तथा सरोकारवाला निकाय सहितसहितको बैठकले सार्वजनिक यातायातका साधनहरुमा जनस्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्न लगाउने निर्णय समेत गरेको छ ।जिल्लाभित्र मेला ,महोत्सव ,ठुला जमघट हुन नदिने र विवाह ब्रतबन्ध जस्ता सामाजिक कार्यहरु २५ जना भन्दा वढि सहभागि हुन नपाउने मापदण्ड अनिवार्य पालना गर्न लगाउने  निर्णय समेत बैठकले गरेको छ ।सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी   अरुण  पोख्रेलले सिन्धपाल्चोक जिल्ला कोभिड संकट व्यवस्थापनको  बैठकले बिद्यालय को परिक्षा सकेर मात्र बिद्यालय बन्द गर्ने भन्ने त्यस्तो कुनै निर्णय नगरेको   बताउँनु भयो । यसै गरि सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ । बैठकले  सीसीएमसीले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमितको संख्या नाघेमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी स्थानीय प्रशासनलाई दिन गरिएको सिफारिस पनि बैठकले पारित गरेको समाचार प्राप्त भएको छ ।


यसै बिच कोरोना संक्रमणको महामारी बढेसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ।काठमाडौं, भक्तपुर ललितपुरका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूबीच आइतबार बसेको बैठकमा निषेधाज्ञा लगाउने निर्णय भएको हो। वैशाख १६ देखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन्। सार्वजनिक, निजी सवारीसाधन बन्द गरिने छ।एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका गाडी चल्ने छन्।



, , , , ,