भोटेकोशी गाँउपालीकाद्धारा अनुदानमा बिरुवा बितरण
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकालाई कृषि क्षेत्रको बकिास गर्नका लागीपालीकाले बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
किसानलाइ अनुदानमा बिभिन्न खालका कृषी औजारहरु, बिउबिरुवाहरु अनुदानमा बितरण गर्दै आइ रहेको छ ।
गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलको प्रमुख अतिथ्यतामा , उपाध्यक्ष दाबुटी शेर्पा लामा, प्रमुख प्रशासकीय अधिकृत भद्र बहादुर बस्नेत र वडा न ५ का वडा अध्यक्ष सुपा लामा लगाएतकाबिशेष आतिथ्यतामा दाँते ओखर, एभोगार्डाे ३७० जापानीज नास्पातीको १९९९ बोट बिरुवा स्थानीय कृषकहरुलाई वितरण गरिएको छ ।
गाँउपालीकालाइ कृषी उत्पादनमा बृद्धी गराइ बाँझोरहेको जमिनको सदुपयोग गरि गाँउपालीकाको विकास एवं स्वरोजगारीको सिर्जना गर्न गाउँपालिका अन्तर्गत कृषि शाखाको सातौं गाउँसभाद्धारा स्वीकृत
आ व २०७७।०७८ मा विनियोजित ७५ प्रतिशत अनुदानमा हिउँदे फलफूलहरुको बिरुवा वितरण कार्यक्रममा गरिएको पालीकाका अध्यक्ष पौडेलले बताउँनु भयो ।