रोशन थापा चैत महिनाको सर्बोत्कृष्ट प्रदेश प्रहरी


 बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा  कार्यरत प्रहरी निरीक्षक रोशन थापा चैत महिनाको सर्बोत्कृष्ट प्रदेश प्रहरी घोषणा भएका हुनु भएको छ ।


बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्याङकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवंम् थप हौसला प्रदान गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालयबाट जारी भएको “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यबिधी २०७७ मा उल्लेखीत व्यवस्था अनुसार २०७७ चैत महिनाको को “महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी  घोषणा गरीएको प्रहरी बरिष्ठ उपरीक्षक  प्रबक्ता मीरा चौधरीले बिज्ञेप्ती मार्फत जानकारी दिनु भएको छ । बिज्ञेप्तीमा  बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा  कार्यरत प्रहरी निरीक्षक रोशन थापा चैत महिनाको सर्बोत्कृष्ट प्रदेश प्रहरी घोषणा  हुनु भएको जनाइएको  हो  । चौधरी द्धारा जारी बिज्ञेप्तीमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी निरीक्षक रोशन थापालेआफुलाई  सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवं प्रशंसनीय ढंगबाट सम्पादन गर्नु भएको कारण सर्बोत्कृष्ट हुनु भएको हो ।  कार्यालयबाट संचालन गरिएको टेलिभिजन कार्यक्रम निर्माण, सम्पादन, संचालन लगायतका कार्यहरुमा नियमित खटिई उत्कृष्ट श्रव्यदृष्य सामाग्री समेटिएको टेलिभिजन कार्यक्रम निर्माण लगायत यस प्रदेश अन्तर्गत २२ वटा भन्दा बढि रेडियो स्टेशनहरुबाट समेत पाक्षिक रुपमा प्रसारणको व्यवस्थाको लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको, प्रदेश प्रहरी प्रमुख र मातहत प्रहरी कर्यालय प्रमुखहरु बीच भएको कार्य सम्पादन सम्झौताको मासिक प्रगति विवरणको मुल्यांकन गर्ने कार्यमा अहम जिम्मेवारी निर्वाह गरेको, संगठन प्रमुख र प्रदेश प्रहरी प्रमुख वीच भएको कार्य सम्पादन सम्झौता एवम नेपाल प्रहरीको बार्षिक कार्ययोजनामा समेटीएका योजना क्रियाकलापहरुको नियमित संचालन तथा सम्पादित कार्यहरुको समुचित व्यवस्थापन गरेको, बागमती प्रदेश प्रहरी अन्तर्गतका कार्यालयहरुको कार्य सम्पादनलाई योजनाबद्ध बनाउने लक्ष्य अनुरुप विभिन्न योजना, कार्ययोजना, कार्यविधि, अवधारणापत्र तथा मापदण्डहरु तयार गर्ने तर्फ उत्कृष्ट भुमिका निर्वाह गरेको साथै प्रदेश प्रहरी कार्यालयमा नवनिर्मित बहुउद्देशिय भवन लगाएतका संरचना स्थापनाको लागि स्रोत साधन व्यवस्थापन गर्ने तर्फ व्यवस्थापकिय भुमिका निर्वाह गरेको हुँदा निजबाट सम्पादित कार्यको उच्च मुल्यांकन गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहित गर्न निज प्रहरी निरीक्षक रोशन थापालाई यस कार्यालयबाट २०७७ साल चैत महिनाको सर्बोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरीएको जनाइएको  छ । 


, , ,