बिकासको गती बढाउँदै जुगल


सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिले  स्थानीय स्तरमा उत्पादन भएका सामाग्रीहरु बजारमा लैजानका लागी गाँउ गाँउमा सडक लाने र भएका सडकको स्तरोन्नती गर्ने कार्य भइरहेको छ।


यसै सिलसिलामा जुगल गाँउपालीकाको   वडानं ६ ७ विशिंखर याङलाकोट जान बाटो कालोपत्र भएको छ ।  जुगल गाउँपालिका को वडा नं ५ खमारे, चिलाउने, पेप्टा, विशिंखर हुँदै  ,याङलाकोट सम्म पुग्ने उक्त मोटरबाटो हाल ढाडेदेखि पेप्टासम्म कालोपत्र भए पछी स्थानीयमा खुशी छाएको छ ।

कालोपत्र गर्नका लागी  ढाडे देखि चिलाउने सम्मको  ३.४ किमी सडक रु  १ करोड २१ लाख ७१ हजार ३सय ७१रुपैया २५पैसा मा सम्पन्न गर्नका लागी  शान्तिदेवि यण्ड कन्स्ट्रक्सन प्रालि चौताराले जुगल गाउँपालिकासंग सम्झौता गरेर काम गरेको छ  । जुगल गाँउपालीकामा ७ वटा वडा रहेको गाउँपालिकाको ३ नम्बर वडा वाहेक सबै वडा जोड्ने सडकको कालोपत्रे हुने प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर बिक ले बताउँनु भयो । सडक कालोपत्रे निर्माणमा तोकिएको मापदण्ड अनुसार  हुँदै गएकोमा स्थानीयहरु खुशी देखीएका छन  ।ग्रामिण क्षेत्रहरुमा कालोपत्रे सुरुवात भएसंगै स्थानीयमा खुशियाली छाएको सडकको कालोपत्रे गर्ने जिम्मा पाएको शान्तिदेवि एण्ड कन्स्ट्रक्सन प्रा.लिका प्रोपाईटर प्रभातमान श्रेष्ठले बताउँनु भयो ।


, , ,