सामाजिक सुरक्षा भत्ता भुक्तानीमा बैंकहरुलाइ चटारो ।

 

लक्ष्ममण बिष्ट,चौतारा


चौतारा साँगाचोकगढी नगरपालिका भित्रका सबै वडाहरुमा नेपाल सरकार बाट प्राप्त सामाजिक सुरक्षा भत्ता बितरण गर्नका लागि लाभग्राहिहरुको खाता खोल्न बैंकहरुलाइ भ्याइनभ्याई हुन थालेको छ।चौतारामा रहेका बैंकहरु मध्य कृषि बिकास बैंक बाहेक अन्य सबै बैंकहरुमा गाउँगाउबाट वृद्धबृद्दाहरु एकै चोटि बैंकमा खाता खोल्न आएपछि बैंकमा बस्ने ठाउँ नभएर भिड बढ्न थालेको हो । 


देशैभरि नेपाल सरकारको नियम अनुसार अब बैकिङ प्रणाली बाट वृद्ध भत्ता , एकल महिला भत्ता अपाङ्गता भत्ता लगायत सबैखाले सरकार बाट प्राप्त भत्ताहरुलाइ सामाजिक सुरक्षा खाता संचालन गरि लाभग्राहिहरुलाइ बितरण गर्न सुरु गरिएको र ९० बर्ष नाघेका र अपाङ्गगता भइ बैंकमा खाता खोल्न आउन नसकेका लाभग्राहि हरुलाइ बैंकका कर्मचारीहरु आफै गाउँमा पुगि खाता खोलेर रकम भुक्तानी गर्नुपर्ने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फडिन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो ।

अहिले चौतारामा रहेका बैंकहरुमा नगरपालिका भित्रका वडाहरु अन्तर्गत नेपाल बैंकले ८, १२ र १४नम्बर वडा,मेगाले १,४र १३ ग्लोबलले ७र९  लक्ष्मी बैंकले ६ नम्बर र एनसिसि बैंकले ५ नम्बर वडामा सामाजिक सुरक्षा खाताखोलि भुक्तानी गर्न सुरु गरेका छन, भने सिन्धु बिकास बैंक चौतारा शाखाले ३ नम्बर वडा ,जलबिरे शाखाले २ नम्बर वडा ,सुकुटे शाखाले १० नम्बर र दोलालघाट शाखाले ११ नम्बर वडामा सुरु गरेको हो। 

एनसिसि , लक्ष्मी र ग्लोबल बैंकले लगभग खाता खोल्ने काम सकाउन लागिसकेको छ भने सिन्धु बिकास बैंकले लाभग्राहिलाइ पायक पर्ने शाखामा पठाइ काम छिटो गरेको छ तर मेगा र नेपाल बैंककोचै ३÷३ वटा वडाहरुको जिम्मेवारि लिएकोले अझै पनि बैंकमा ठुलो भिडभाड हुने गरेको छ ।

अहिले बैंकहरुमा एकदमै भिडभाड भएर बाहिरै बाट लाइन राखि पालै पालो खाता खोल्ने अवस्था सृजना भइरहदा नेपाल बैंकमा भने बस्ने कुर्सीहरु भएको र ठाउ पनि फराक भएकाले कोहि लाभग्राहिहरु उभिनु नपरको बसेरै  सुबिधा पाएको  र खाता खोल्ने काम पहिलेनै सकिएको र अहिले नगद दिन सुरु गरेको नेपाल बैंकका शाखा प्रबन्धक समिक कुमार दाहालले जानकारी दिनुभयो । मेगा बैंक नेपालका शाखा प्रबन्धक रामकृष्ण पराजुलीले नगरपालिका सङ सम्झौता भए अनुसार पुर्ण अपाङ्गता भएका र ९० बर्ष नाघेका वृद्धबृद्दाहरुको घर घरमै पुगि खाता खोलि रकम भुक्तानी दिएर सामाजिक सुरक्षा भत्ता भुक्तानीको काम छिट्टैनै सकाउने जानकारि दिनुभयो।

स्याउलेका लाभग्राहि याम बहादुर भारतीले भने हामिलाइ खाता खोल्न बैंकमा एकदमै झनझट भएकोले बरु पहिला जस्तै वडाबाटै लिन पाए सहज हुने बाताए । तर नेपाल सरकारले भने बुडाबुढीला बैंकमा आएर खाता खोल्न अहिलेलाइ झनझट भएतापनि पछिका लागि सहज हुने काम गरेको देखिन्छ । 


, , , , ,