कार्कीको जन्म दिनमा बृद्धबृद्धालाई सहयोग



सिर्जना थामी,सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका– ७ का नेपाली काँग्रेसका युवा नेता तथा समाजसेवी नरेश कार्कीले आफ्नो जन्मदिनको अवसरमा उँहाको धर्म पत्नी उषा कार्की सहीत  चौतारा बृद्धाश्रममा पुगि बृद्धबृद्धालाई सहयोग गर्नु भएको छ ।


शुक्रबार समाजसेवी  कार्कीले बृद्धबृद्धाहरुलाई, दाल, चामल, नुन, अण्डा, फलफूल, तेल, हर्लिक्स,आलु,साबुन बिस्कुट लगायतका १६ हजार ५ सय बराबरको खाद्य सामग्री प्रदान सहयोग गर्नु भएको हो ।


‘सो अबसरमा बृद्धबृद्धाहरुलाई केहि हदसम्म भएपनि सहयोग मिलोस् भनेर सामग्री वितरण गरेको हुँ’, कार्कीले भन्नु भयो । लोकप्रिय नेत्रज्योती संचर समुहका  शारदा प्रसाद चालीसे लगायताका उपस्थितीमा  बृद्धाश्रमका उपाध्यक्ष सुभद्रा श्रेष्ठलाई उँहाले सामग्री हस्तान्तरण गर्नु भएको थियो ।

उक्त बृद्धाश्रममा हाल ७ जना बृद्धबृद्धाहरु रहँदै आएको उपाध्यक्ष श्रेष्ठ बताउनु भएको छ । कार्कीले आउँदा दिन हरुमा पनि असक्तहरु लाई सहयोग गर्दै जाने पनि बताउँनु भयो ।जन्म दिनको अबशरमा केक काट्ने , भोज लगाउँने जस्ता खर्चले यस्ता जेष्ठ नागरिकलाइ केही मात्रमा भने पनी सहयोग गर्न  पर्ने उँहाको धारणा रहेको उषा कार्की जानकारी दिनु भयो । 

, , , , ,