राप्रपा ठुलोसिरुवारीमा मधुराम

 

राष्टीय प्रजातन्त्रपाटीको अधिबेशन नजीकीदै गर्दा इकाइ सङ्गठनहरुको अधिबेशन पनी  भइ रहेका छन ।


यसै क्रममा राप्रपा  सिन्धुपाल्चोकले पनी आफ्नो सङ्गठन हरुको वडाअधिबेशनलाइ तिब्रता दिइरहेको छ । शुक्रबार राष्टीय प्रजातन्त्रपार्टीका केन्द्रीय सदस्य जित बहादुर भारती को प्रमुख अतिथ्यतामा चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १३मा मधुराम दुलालको अध्यक्षतामा १६ सदस्यीय वडा समितीको निर्बाचित गरेको छ ।  पाटीको उच्च मुल्याङ्कन समितकिा संयोजक नारयाण जङ्ग पाण्डेको बिशेष अतिथ्यतामा सम्पन्न अधीबेशनले महीला तथा युबक सङ्गठन समेत को  निर्बाचन गरेको छ । राप्रपा जिल्ला प्रबक्ता हरिबहादुर नेपालहरुको उपस्थितीमा भएको कार्यक्रम को सभापतित्व  पुर्ब गाबीस अध्यक्ष तथा राप्रपा नेता क्षेत्र बहादुरदुलाल ले गर्नु भएकोथियो ।  वडा अधिबेशनको प्रमुख अतिथी जित बहादुर भारतीले कम्युनिष्ट हरुको ज्यादतीका कारण मुलुक झन सङ्कटमा फस्दै जान लागेको बताउँनु हुदै राष्ट राष्ट््ीयताका लागी राप्रपाको बिकल्प नभएको बताउँनु भयो । कार्यक्रमका बिशेष अतिथी  नारायण जङ्ग पाण्डेले राज्यलाइ सङ्कटमा पारेर जनतालाइ महङ्की मा पारेर शासन चलाउँने आफुहरु मात्र सम्पतीको मालीक बन्ने गरिबलाइ झन गरिब बनाउँने काम बर्तमान सरकारले गरेको बताउँदै नेपाली जनताले कम्युनिष्ट सरकारलाइ अब मत नदीने बताउँनु भयो । राप्रपाका जिल्ला प्रबक्ता हरि बहादुर नेपालले जब सम्म रापएँदैन तब सम्म हामीलाइ महङ्कीको मार परिरहने भएकाले अबको निर्बाचनमा राप्रपालाइ सरकारमा पठाउँन पर्नै बताउँनु भयो । अधिबेशनमा कमल नेपाल, मदन दुलाल केसी लगाएतले शुभकामना मन्तब्य राख्नु भएकोथियो । 


, , ,