महिला भलिबलको जित हेलम्बुलाइ



लक्ष्मण बिष्ट, मेलम्ची 

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगर पालीकामा  भएको जिल्ला स्तरीय महिला भलिबल प्रतियोगितामा हेलम्बु गाँउपालीकाले प्रथ स्थान हात पारेको छ । बुधबार मेलम्चीमा भएको खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई ३–१ ले हराउँदै हेलम्बु गाउँपालिकाले प्रथम पुरस्कार बापत नगद रु. १ लाखसहित कप र मेडल प्राप्त गरेको हो । दोस्रो हुने चौतारा साँगाचोकगढी नगरपालिकाले  रु. ५० हजारसहित कप र मेडल प्राप्त गरेको छ ।


मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाले रु. २५÷२५ हजारका साथमा कप र मेडल प्राप्त गरेर तेस्रो पुरस्कार प्राप्त गरेको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाले सान्त्वना बापत रु. १० हजार र कप पाएको छ । मेलम्ची नगरपालिकाकाले आर्थिक सहयोगमा भएको खेलको आयोजक भने हाम्रो टिम मेलम्ची रहेको थियो र सहआयोजक रेडियो मेलम्ची रहेको थियो । सो प्रतियोगिता सोमबार मेलम्ची बजारमा सुरु भएको थियो । खेलमा विभिन्न विधाका उत्कृष्ट ६ खेलाडीले तीन हजार नगद पुरस्कारका साथमा ट्रफी प्राप्त गरेका छन् । चार विधामा हेलम्बु गाउँपालिकाले पुरस्कार जितेको छ ।


यसमा उत्कृष्ट खेलाडी फुरल्हामु पाख्रिन, उत्कृष्ट स्पाइकर चाहना तामाङ, उत्कृष्ट डिफेन्डर रीमा भुजेल र उत्कृष्ट लिफ्टर अमिना तामाङ घोषित हुनुभयो । त्यस्तै चौतारा साँगाचोकगढीकी सुस्मिता श्रेष्ठले उत्कृष्ट सर्भर र मेलम्ची नगरपालिकाकी रमिला तामाङले नव प्रतिभा खेलाडीको उपाधि पाउनुभएको छ ।अ‍ेलको समापन कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल ले खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दै  मेलम्चीमा  भएको यो प्रतियोगिताले खेल बिकासमा ठुलो सहयोग गरेको बताउँदै आगामी दिनहरुमा पनी आफूहरुले सकेको सहयोग गरिरहने बताउँनु भयो ।  उपप्रमुख भगवती नेपालले खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दैखेलमा भाग पलने खेलाडी तथा आयोजक अनी सबै शुभेच्छुकहरुलाइ  शुभकामना व्यक्त गर्नुभयो । 


, , , , ,