नागार्जुनले शुरु गर्यो ब्युटी पार्लर तालीम


 काठमाण्डोै जिल्लाको नागार्जुन नगरपालीकाले  आफ्ना नगरका नागरिकहरुलाइ नगर भित्रै स्वरोजगारी बनाउँनका लागी बिभिन्न उद्योग संञ्चालन तथा यसका लागी तालीम हरुसञ्चालन गरिरहेको छ । यसै सन्धर्भमा  नागार्जुन नगरपालीकाले लघु उद्यमी कार्यक्रम अन्तरगत ब्युटी पार्लर सम्बन्धी आधारभुत सिप सिक्ने तालीम सञ्चालन गरेको छ।


समृद्ध नागार्जुनको आधार,पर्यटन सहीतकोपुर्बाधार भन्ने मुल नाराका साथ बिकासको गतिमा अगाढी बढीरहेको नागार्जुन नगरपालीकाले लघु उद्योग बिकास कार्यक्रम अन्तरगत तालीम सञ्चालन गर्न लागेको हो ।

तालीम एक समारोहका बिच नगर पालीका वडा नं ५का वडाअध्य  महेश रिमालले उद्धघाटन गर्नु भएको हो । २ महीना सम्म सञ्चालन हुने यो तालिममा वडा नं ५ र ७ गरि जम्मा १९जना सहभागी रहेको सामाजिक बिकास शाखा प्रमुख कल्पना शर्माले  जानकारी दिनु भयो । 


, ,