रूखबाट लडेर ६१ बर्से बृद्धको निधन



कुमार बस्नेत( अधिराज)


सिन्धुवाल्चोक जिल्लाको बलेफि गाउपालिका वडा न ६ जालबारि का ६१ बर्षिय भरत थापाको रूख बाट लडेर निधन  भएको छ । घटना बिबरण अनुसार बैशाख ११ गते शनिबार बिहान ९ बजे घाँसकाट्न भनी घरबाट नजिकै ज्यामिरेबारि भन्ने पाखामा  खनायोको रूखमा चडि घाँस काट्ने क्रममा लगभग ३५ मिटर तल खोल्सामा झरि घटना स्थलमै मृत्यु भयको मृतककासुबर्ण थापाले जानकारी दिनु भयो । उँहाका अनुसार थापा बिहान ९बजे  घाँस काट्न गएको  मृतकका श्रीमती अफन्तको बिहेमा जानुभयको थियो।उहाँ दिउँसो ४बजेमात्र फर्किनुभएको थियो।थापा बेलुकी  ४÷५ बजे सम्म पनि नआए पछि परिवारले खोजतलास गर्दा ५ः३० बजे ज्यामिरेबारि भन्ने ठाँउमा थापाको सब भेटिएको थियो ।    सब भेट्न साथ आफन्तले प्रहरिलाई खबर गरेका थिए।खबर पाउन साथ प्रहरी घटना स्थल आईपुगेको थियो। ईलाका प्रहरी कार्यलय बाह्रबिसे ले पोसमार्टमका लागि शनिबार नै बाह्रबिसे लगेको  थियो।पोस्टमाटम गरि आईतबार ११ बजे सब परिवारलाई जिम्मा दिए पछी थापाको सब आईतबार नै बलेफि गाँउपलिका वडा न ६अधेँरि खोलामा दाहासंसकार गरियकोसुबर्णले जानकारी दिनु भयोे। 



,