व्यक्तिगत घटना दर्ता सप्ताह बैशाख १ देखि


नेपाल सरकारले ब्यक्तिगत घटना दर्ताको महत्वका बारेमा  प्रचारप्रसार गर्ने उदेश्यले वैशाख १ देखि ७ गतेसम्मलाई व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागेको छ । 


नेपाल सरकार गृहमन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यो सप्ताह सँगै वैशाख १ गतेदेखि व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गर्ने भएको हो  । विभागले जन्म, मृत्यु, बसाइँसराइ, सम्बन्ध विच्छेद र विवाह दर्ताको घटना दर्ता अभियान देशभर सञ्चालन गर्न लागेको हो ।।सरकारले २०८० साल अर्थात सन् २०२४ सम्ममा जन्मदर्ता शतप्रतिशत पुर्याउने र अरु व्यक्तिगत घटना दर्तामा उल्लेख्य वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सहयोग पुर्याउन पनि अभियान सञ्चालन गर्न लागिएको विभागले जनाएको छ । अभियान सञ्चालनका लागि ७५३ पालिकाहरुमा नै सर्कुलर जारी गरिएको छ भने पालीकाहरुले पनी हरेक वडाहरुमा यो अभियान शुरु गर्न लागेका छन । 


, , , , ,