बिव्यस गठन गर्न भन्दै मेलम्चीमा ज्ञापनपत्र


सगुन बस्नेत,सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको वडा नं. १२ मा रहेको श्री जाल्पादेवी  माध्यमिक विद्यालयको बिद्यालय व्यवस्थापन गठनमा ढिलाइ भएको भन्दै स्थानीयहरुले ज्ञापन पत्र बुझाएका छन । 


समिति राजनैतिक पुर्वाग्राहीको कारण लामो समयदेखि गठन हुन नसकी रिक्त रहेको र यथाशिघ्र बिद्यालय व्यवस्थापन समिति गठन गर्न भन्दै स्थानियले बुधबार राष्ट्र्ीय प्रजातान्त्रीक महीला सङ्गठनकी केन्द्रीय महासचिब कुमारी तामाङ्ग सहित स्थानीय अभिभावकहरुले  नगरपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाएको हो  ।  व्यवस्थापन समिति लामो समयदेखि रिक्त रहदा बिद्यालयको व्यवस्थापन तथा पठन पाठन समेत प्रभावित हुने साथै सिङ्गो गाउँको शैक्षिक अवस्थामा नै प्रभावित हुने हुँदा अभिभावकहरुले नगरपालिकामा नै पुगेर ध्यानाकर्षण गरिएको बिद्यालयको बिद्यालय व्यवस्थापन समितिको गठन बिधि तथा प्रक्रियाको बारेमा मेलम्ची नगरपालिका शिक्षा ऐन २०७५ ले स्पष्ट रुपमा अभिभावक बर्गलाई अधिकार प्रत्यायोजन गरेको अवस्थामा अभिभावक बर्गलाई बेवास्ता गरी व्यवस्थापन समिति निर्माण गर्न खोजिएपछि सो बिद्यालयमा व्यवस्थापन समिति गठनमा बिबाद भएको थियो  । 

अभिभावहरुले नगरपालिकामा बुझाइएको ज्ञापन पत्रमा “मेलम्ची नगरपालिका शिक्षा ऐन २०७५ को मर्म अनुसार हामी स्थानीय अभिभावकको मतलाई कदर गरी हामीले हामी बिचबाट छनौट गरेको अध्यक्ष सहित बिद्यालय व्यवस्थान समिति शिघ्र गठन गरियोस् भनी अभिभावकहरु को ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझाउँदै महासचिब कुमारी तामाङ्गले ऐन बिपरित कार्य भएको खण्डमा हामी कानुन बमोजिमको जुनसुकै कदम चाल्ने कुराको जानकारी सहित माग बमोजिम यथाशिघ्र बिद्यालय व्यवस्थापन समिति गठन गर्ने प्रक्रिया तय गर्नको लागि नगर प्रमुख सँग अनुरोध  गर्नू भएको छ। ज्ञापन पत्र बुझ्दै नगर प्रमुख  डम्बर अर्यालले शिक्षा जस्तो पबीत्र स्थानमा राजनिती हुन नहुँने र यसरी राजनीती गतिबिधी  भएको भए त्यसलाइ तत्काल रोकेर अभिभावकको माग अनुसार स्वच्छ र स्वतन्त्र, निश्पक्ष तरिकाले नगर शिक्षा ऐन अनुार  ब्यबस्थापन समितीको गठन प्रकृया अगाडी बढाउँने बताउँनु भयो ।


, , , , , ,