काँग्रेस द्धारा रामपुर घटना प्रती आपती


कल्पना थामी, 

नेपाली काँग्रेस ले बिद्यार्थीहरुमाथी भएको हमलाको  बिषयलाइ लिएर आपती प्रकट गरेको छ । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले बिज्ञेप्ती प्रकाशन गर्दै यस्तो निन्दा गर्नू भएको हो । जारी बिज्ञेप्तीमा रामपुर कृषि क्याम्पस, चितवनमा नेपाल विद्यार्थी संघका विद्यार्थीहरु माथि भएको सांघातिक हमलाको नेपाली कांग्रेस संसदीय दल घोर निन्दा गर्दछ भनीएको छ। बिज्ञेप्तीमा  शिक्षण संस्थाहरु भनेका ज्ञान आर्जन गर्ने थलो मात्र नभई स्वतन्त्र र निर्भयपूर्वक शिक्षण गर्ने शान्ति क्षेत्र पनि हो ।


यसरी शान्ति क्षेत्रमा नै हतियार सहित आक्रमण हुनु अत्यन्त दुःखद पक्ष हो । हातियार सहित विद्यार्थीहरु माथि आक्रमण हुँदा पनि स्थानीय प्रशासन मुकदर्शक बनेर बस्नु लज्जास्पद विषय हो । प्रशासनको यो लाचारिता प्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दछ । अपराधिक मानसिकता भएका हतियारधारी समूहको आक्रमणबाट दिपेश बानियाँ, खेमराज उपाध्याय, सोनाम लामा र हिमाल आचार्य घाइते हुनु भएको छ । उहाँहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उक्त घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग जोडदार माग गर्दछौं । साथै, विश्वविद्यालयलाई प्रागिक थलोको रुपमा विकास गर्न, शान्तिपूर्ण विचार प्रकट गर्ने एवं ज्ञानको खोजी तथा अनुसन्धान गर्न सक्ने संस्था बनाउन आग्रह गर्दछौं भनीएको छ ।

 

, , ,