काँग्रेसले ओलीलाई हटाईछाड्ने– सहमहामन्त्री महत


रूपक पुरी

नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले केपी ओलीलाई काँग्रेसले सरकारबाट हटाईछाड्ने बताउनुभएको छ ।


आईतबार ईन्द्रावती गाउँपालिकाको वडा नम्बर १ सिम्पालकाभ्रेको गुण्टे डाँडा बसेरीमा श्री बुद्ध भगवान रिक्रेसनलको उद्घाटन गर्दै महतले देशमा अब छिटोभन्दा छिटो निर्वाचन हुने समेत बताउनुभयो । महतले ओली सरकारलाई हटाएर अब काँग्रेसको नेतृत्वमा सरकार बन्ने समेत प्रष्ट पार्नुभयो । वडा नम्बर १ का वडाअध्यक्ष श्री लामाको सभापतित्वमा ४६ लाख ७० हजारको लागतमा निर्माण भएको मूर्तिको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति विकास लामा, क्षेत्रिय सभापति आईतमान तामाङ , ईन्द्रावती गाउँपालिकाका अध्यक्ष बँशलाल तामाङ , उपाध्यक्ष मिरा अधिकारी लगायतको सहभागिता रहेको थियो ।


, , ,