“समृद्ध नेपाल, सुखि नेपाली“ विषय सम्बोधन गर्न निर्देशन

 “समृद्ध नेपाल, सुखि नेपाली“ विषय सम्बोधन गर्ने कार्यक्रमहरु सञ्चालनमा ल्याउँन सञ्चार मन्त्री पार्वत गुरुङ्गले अनुरोध गर्नुभएको छ । उँहाले  आगामि बर्षका लागि बजेट प्रस्ताव गर्दा यो बिषयलाइ समेटेर प्रस्ताब  गर्न अनुरोध गर्नु भएको मन्त्रालयका शोभाकान्त पौडेल ले जानकारी दिनु भयो ।  उँहाका अनुसार शुक्रबार बसेको  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयर मन्त्रालय सम्वद्ध निकायहरुको आ.व. २०७७÷७८ को दोस्रो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधानसमितिको वैठकमा उँहाले यस्तो बताउँनु भएकोहो । 


प्रगति समीक्षाको क्रममा निर्देशनात्मक मन्तव्य राख्नुहुँदै मा.मन्त्री गुरुङ्गले समग्रमा मन्त्रालयको प्रगति सन्तोषजनक बनाउन कार्यान्वयन तालिका बनाई परम्परागत कार्य प्रणालीको अन्त्य गर्दै परिवर्तनशिल बन्न सबैको ध्यानाकर्षण गराउनु भयो। समिक्षा कार्यक्रममा मन्त्रालय सम्बद्ध पदाधिकारी बिच गरिएको कार्यसम्पादन सम्झौताको समेत प्रगति मूल्यांकन गरी नेतृत्वको कार्यक्षमता अध्ययन गर्न निर्देशन दिनुभयो। मन्त्रालय सम्बन्धित नीति÷कार्यक्रम एवं बजेट वक्तब्यमाउल्लेखित बिषयहरुमा समेत बजेट प्रस्ताव नहुँदा कार्यक्रमको न्यून प्रतिफल प्राप्त हुने भएकोले बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयसँग अनुरोध गर्दै मन्त्रालय सम्बद्ध निकायहरुलाई  “समृद्ध नेपाल, सुखि नेपाली“ विषय सम्बोधन गर्ने कार्यक्रमहरु आगामि बर्षका लागि प्रस्ताव गर्न अनुरोध गर्नुभयो।कार्यक्रममाहालसम्म कार्यान्वयनमा आउन नसकेका कार्यक्रमहरुको समिक्षा गर्दै जिम्मेवार पदाधिकारीले इमान्दारिता र जवाफदेहिता बहन गरी नतिजामूलक कार्यसम्पादन गर्न समेत निर्देशन दिनुभयो।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्रालयको  समग्रप्रगतिको आत्मसमिक्षा गर्दै सुधारका लागि सबैको निरन्तर साथ र सहयोगको अपेक्षा गर्नु भयो।म्ष्नष्तब िल्भउब िँचबmभधयचप को प्रभावकारी कार्यान्वयन, दुरसञ्चार क्षेत्रको सम्रग सुधार तथा पूर्वाधार निर्माण र डाटा सेन्टरको क्षमता अभिवृद्धि लगायतका कार्यक्रमहरुप्रभावकारी रुपमा सम्पन्न गर्न अनुरोध गर्नुभयो।

त्यसैगरी कायर्क्रममा मन्त्रालयलाई तोकिएका आयोजना र कार्य जिम्मेवारी सफलतापूर्वक सम्पादन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका प्रतिनिधिवाट कार्यात्मक सल्लाह र सुझाव प्राप्त भएको थियो ।


, , , ,