आज देखि देश भर घटना दर्ता शूरु


लोकप्रिय समाचार,नेपाल सरकार गृह मन्त्रालयले नागरिकको घटना दर्ता छुटेकालाई समावेश गर्न आज नँयबर्ष देखि देश भर पन्ध्र दिने घटना दर्ता विशेष अभियान सञ्चालन गर्न लागेको छ ।


घटना दर्ता कार्यक्रमलाई प्रभावकारी बनाउन र छुटेका लाई समावेश गर्न आज देखि मुलुकभर १५दिने घटना दर्ता विशेष अभियान सञ्चालन गर्न लागेको मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । २०७८वैशाख १ देखि १६ गतेसम्म मुलकुभर एक साथ अभियान चलाउन लागिएको  हुँदा सिन्धुपाल्चोकमा पनी यो अभियान लागु गरिएको सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले जानकारीदिनुभएको छ।  उक्त अभियान सबै स्थानीय तहबाट सञ्चालन हुने गरी संयन्त्रसमेत निर्माण गरिएको छ । यस बिषयमा  विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले यस वर्ष घुम्ती शिविरसमेत सञ्चालन गरी विशेष दर्ता अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । नेपाल सरकारले व्यक्तिगत घटना दर्तालाई उच्च प्राथमिकता दिँदै सन् २०२४ सम्ममा जन्म र मृत्यु दर्तालाई शत–प्रतिशत पु¥याउने तथा अन्य घटना उल्लेख्यरुपमा वृद्धि गर्ने उद्देश्य राखेको छ । नेपालमा हरेक वैशाख १ लाई व्यक्तिगत घटना दर्ता दिवसको रुपमा मनाइँदै आएको छ भने सात गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताहको रुमपा मनाउँदै आएको छ । यसपटक भने १६ दिनसम्म विशेष अभियान चलाउन लागिएको हो । जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्गले जिल्लाका  सबै १२ वटै स्थानीय तह वडाहरु र टोलटोलमा गइ ब्यक्तीगत घटना दर्ता गर्ने गराउँने ब्यबस्था मिलाइएको बताउँनु भयो । 


, ,