समुह द्धारा बालबविाह सम्बन्धी अभीमुखीकरणको समापन


 सुनकोशीमा

सिन्धुपाल्चोक जिल्लाको सुनकोसि गाँउपालिकामा  बाल बिवाह न्युनिकरण सम्बन्धी अभीमुखीकरण कार्यक्रम को गरिएको छ । कोभीड १९को कारण सबैलाइ एकै स्थानमा भेला  नगराइ इलाका स्तरिय अभीमुखी करणकार्यक्रम गरिएकोमा  बिहीबार समापन भएको लोकप्रिय नेत्रज्योती सञ्चार समुहका सुनकोशी गाँउपालीका संयोजक कुमार बस्नेतले बताउँनु भयो ।   


सुनकोसि गाँउपालिका को सहयोगमा गरिएको कार्यक्रम बागबैरब माबी, पाग्रेटार, महेन्द्रदयो माबी, आत्मानिर्भर बचत तथा क्रृण सहकारी सस्था, वडा नं ६को कार्यलय लगाएतका स्थानहरुमा अभीमुखीकरणा कार्यक्रम गरिएको थियो ।  सुनकोशि गाउपालिकाको आर्थिक सहयोगमा  लोकप्रिय नेत्रज्योति  सञ्चार समुहको आयोजनमा  जनप्रतिनिधि,सवास्थ्य प्रितनिधि बालक्लब,शिक्षक शिक्षिका, आमा समूह,सहकारि प्रितनिधि हरु बिच  अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा  बालबिबाह  न्युनिकरण मात्र होईन शून्य मा झार्न पर्ने यसका लागि उपस्थित सबैले टोलटोलमा  बाल  बिबाह हुन नदिने भएको थाहाभएमा तत्काल नजिकको सुरक्षा निकायमा खबर गर्ने समेत  बताएका छन। नेपाल बार एशोसियशन सिन्धुपाल्चोकका अध्यक्ष एवम अिधबक्ता भुपेन्द्र बहादुर तामाङ्ग थिङ्ग जिल्ला बाल बिवाह न्यनिकरण अभियानका जिल्ला संयोजक अर्जुन शर्मा  लगाएतले प्रशिक्षण दिनु भएको थियो ।

संञ्चार कर्मी रामचन्द्र बस्नेत , शारदा प्रसाद चालीसे कुमार बस्नेत ,ध्ुब  थापा कल्पना थामी,लगाएत को सक्रीयतामा भएको कार्यक्रमको बिहीबार वडा नं ६ मा समापन गरिएको थियो ।
समापनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य खेलकुद बिभागका संयोजक पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले सहभागी हरुलाइ कोभिडका कारण भिड नगर्न भनी वडाअध्यक्ष रामकुमार थापा मार्फत एक मुष्ट प्रमाण पत्र हस्तानन्तरण गर्नु भएको थियो । 


, ,