बालबविाह सम्बन्धी अभीमुखीकरण सुनकोशीमा

 



कल्पना थामी ,सिन्धुपाल्चोक जिल्लाको सुनकोसि गाँउपालिकामा  बाल बिवाह न्युनिकरण सम्बन्धी अभीमुखीकरण कार्यक्रम को शूरु गरिएको छ । कोभीड १९को कारण सबैलाइ एकै स्थानमा भेला  नगराइ इलाका स्तरिय अभीमुखी करणकार्यक्रम गर्न लागीएको छ । यसै सन्धर्भमा मङ्गलबार सुनकोशी गाँउपालीकाको वडा नं १मा पर्ने बाघभैरब माध्यमिक बिद्यालयमा यो कार्यक्रम गरिएको छ । 


लोकप्रिय नेत्रज्योति संचार समुह को आयोजनामा  सुनकोसि गाँउपालिका को सहयोगमा गरिएको मङ्गलबारको कार्यक्रम मा प्रमुख अथिति सुनकोसि गाँउपालिमा वडा न १ का वडा अध्यक्ष नेत्र कार्कि ले कार्यक्रमको उद्धघाटन गर्दै यस्ता कार्यक्रम वडास्तरिय मात्र नभयर टोल स्तरिय बनाउनु पर्नेमा  जोड दिदै आउदा दिन हरूमा यस्ता कार्यक्रम हरू गर्न गराउन र बालबिवाह न्युनिकरण हमात्र होइन पुरै अन्त्य गर्न जस्तोसुकै सयोग गर्ने र  वडाबाट पनि यस्तो अभियान चलाउने बताउनु भयो।

कार्यक्रमका बिशेषअथिति सुनकोसि गाँउपालिका खेलकुद समितिका सचिब कुमार शाहिले हरेक क्षेत्रमा बालबिवाह रोक्नका लागी चेतनामुलक कार्य गर्न पर्ने बताउँनु भयो । बाघ भैरब माबिका प्र अ बिष्णु प्रसाद न्यौपानेलेबिद्यालयले  समय समयमा  बालबिबाह न्युनिकरण गर्नका लागि प्रशिक्षण कार्यक्रम गिररहेको बताउनु भयो । 


सुनकोशि गाउपालिकाको आर्थिक सहयोगमा  लोकप्रिय नेत्रज्योति  सञ्चार समुहको आयोजनमा  जनप्रतिनिधि,सवास्थ्य प्रितनिधि बालक्लब,शिक्षक शिक्षिका, आमा समूह,सहकारि प्रितनिधि हरु बिच  अभिमुखिकरण कार्यक्रम गरिएको हो ।कार्यक्रममा  बालबिबाह  न्युनिकरण मात्र होईन शून्य मा झार्न पर्ने यसका लागि उपस्थित सबैले टोलटोलमा  बाल  बिबाह हुन नदिने भयको थाहाभयमा तत्काल नजिकको सुरक्षा निकायमा खबर गर्ने समेत  बताएका छन।


नेपाल बार एशोसियशन सिन्धुपाल्चोकका अध्यक्ष एवम अिधबक्ता भुपेन्द्र बहादुर तामाङ्ग थिङ्ग ले नेपालको सम्बिधान मा बालबालिकाको मौलिक हक ,नेपालको सम्बिधानको आधारमा निर्माण गरिएको बालबालिका सम्बन्धि ऐन२०७५मा बाल अधिकार सम्बन्धि गरिएका मुख्य ब्यबस्थाहरु , बालबालिकाको दाईत्व ,बाल न्याय सम्बन्धि ब्यबस्था,बैवाहिक सम्बन्धका बारेमा,बिबाहको प्रकारहरु,मुलुकि अपराध संहिता २०७४मा गरिएका बिबाह सम्बन्धि कसुरको ब्यबस्था, बालबिवाह वाट हुने अशर र समस्याहरु, बालिबबाह को  कानुनि परिणाम लगायतकम बिषयमा जानकारी गराउँनु भएको थियो ।

बाल बिबाह गर्ने र गराउने लाई तिनबर्ष सम्म कैद तिसहजार जरिबाना हुने १८ बर्ष भन्दा कम उमेरका बालिका बिबाह गरेमा जबरजस्ति करणि गरेको ठहरिने बताउनु भयो। उहाले  बाल बिबाह गर्दा बालबालिकामा मानसिक तनाब समेत बढ्ने , त्यसै गरी मानसिक अबस्था समेत बिग्रन गई मानसिक सन्तुलन समेत गुमाउन सक्ने भएकाले यो अबस्था आउन नदिन बालबिबाह रोक्न जरुरि रहेको बताउनु भयो ।

कार्यक्रममा रेडीयो लोकप्रिय नेत्रज्योतीका रामचन्द्र बस्नेतले बालबिपाह सम्बन्धी जानकारी दिन आग्रह गर्दै त्यस्ता जानकारि दिनेको नाम गोप्य राखी बालबिवाह गर्नलाइ कार्बहीको दायरामा ल्याउँन पहल गरिने बताउँनु भयो । टुकि सङ्घ सिन्धुपाल्चोक सुहाराकि सिता अधिकारिले  आमा र बालबालिकालाइ पोषण कार्यक्रम लिएर जाँदा पनि हरेक आमाहरु र परिबारलाई  बाल बिवाह गर्दा हुने जोखिम र  उमेर नपुगि गरिनेबिबाहबाट जन्मने बालबालिका कुपोषण हुन सक्ने र कम्जोर रहने भयको ले कानुनले पनि  सजाय हुने भयकोले यसबाट वचन र बचाउनु   मानिसले ध्यान दिन पर्ने बारेमा जानकारि गराउने गरेको बताउनु भयो।

अन्तर क्रिया कार्यक्रममा  बिद्यार्थी स्वास्थ्यकर्मी, जनप्रतिनीधीहरु लगाएतका उपस्थिती रहेको यिो । लोकप्रिय नेत्रज्योती सञ्चार समुहको सुनकोशी गाँउपालीका संयोजक कुमार बस्नेतको  सभापतीत्व मा भएको कार्यक्रमको सञ्चालन नेत्र बस्नेतले गर्नु भएको थियो सहजीकरण शारदा प्रसाद चालीसेले गर्नु भएको थियो । तिन दिन सम्म चल्ने उक्त कार्यक्रम  बुधबार महेन्द्र दय माबी, र आत्मरिभर बचत तथा क्रृण सहकारी सस्थाको हलमा हुने भएको छ भने बिहीबार वडा नं ६को कार्यलयमा हुने भएको समुहका  ध्ू्रब  थापाले जानकारी दिनु भयो । 


, , , , , ,