नेता राइको निधन काँग्रेस द्धारा शोक ब्यक्त

 

 नेपाली कांग्रेसका ताप्लेजुङका पूर्व सहसभापति एवं नेपाल भूतपूर्व सैनिक संघको पूर्व केन्द्रीय सचिव डि.वि. राईको गत चैत्र २२ गते भएको असामयिक निधन प्रती काँग्रेसले  दुख ब्यक्त गरेको छ । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले बिज्ञेप्ती जारि गर्दै दुख ब्यक्त गर्नु भएको हो ।


उँहाद्धारा जारी बिज्ञेप्तीमास्व. राईले नेपाली कांग्रेस पार्टीले आब्हान गरेको हरेक लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । नेपाली कांग्रेसको विभिन्न तहमा रहेर पार्टी संगठन एवं विस्तारमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनु भएका नेता राई एक सरल र सादगी नेताको रुपमा परिचत हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको छ । हामीले एक असल, इमान्दार र निष्ठावान नेतालाई गुमाएका छौं भनीएको छ  । नेता राईको निधन प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्ति गर्दै उहाँको आत्माको चिरशान्तिको कामनाका साथै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । शोकको यस घडीमा शोकाकुल परिवारजन तथा आफन्तप्रति समवेदना प्रकट गर्दछौं जारी बिज्ञेप्तीमा जनाइएको छ  । 


, , ,