बिहीबार ५३४ सङ्क्रमित थपीयो


लोकप्रिय समाचार,नेपालमा पछिल्लो २४ घण्टामा थप ५३४ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको  छ ।


मन्त्रालयका अनुसार बिहीबार थपिएका सङ्क्रमितमध्ये १९६ काठमाडौँ उपत्यका भित्रका रहेका छन् । भक्तपुरमा आठ, ललितपुरमा ४३ र काठमाडौँमा १४५ गरि जम्मा उपत्यकामा मात्रै १९६जनामा  कोरोना भाइरस सङ्क्रमण देखीएको हो । यो सँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ५४ पुगेकोे छ । मन्त्रालयका अनुसार तीन हजार ५८८ मा पिसीआर र ५६४ मा एन्टिजेन गरी चार हजार १५२ को कोरोना परीक्षण गर्दा ५३४ मा कोरोना पुष्टि भएको हो । चार सय ९० मा पिसीआर र ४४ मा एन्टिजेन पोजिटिभ आएको हो । गत २४ घण्टामा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ६६ पुगेको छ । गत २४ घण्टामा १५७ सङ्क्रमित निको भएका छन् । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ७४ हजार ६०४ पुगेको छ । हाल देशभर चार हजार ३८४ सङ्क्रमित आइसोलेशनमा छन् । तीमध्ये तीन हजार ८९४ होम आइसोलेशनमा रहेका छन् भने ४९० संस्थागत आइसोलेशनमा छन् । देशभर ९१ आइसीयु र ३५ सङ्क्रमित भेन्टिलेटरमा उपचाररत छन् । हाल ६८ क्वारेन्टिनमा रहेको छ  । 


, , ,