ए सि सहितको सरकारी बिध्यालय भिमसेन


रामचन्द्र बस्नेत 

सिन्धुपाल्चोक ,


सिन्धुपाल्चोक जिल्लाको भोटेकोशिगाउपालिका वडा नं ५ मा स्थित त्याङ्गथलिवा अरनिको बस्तिभनेर चिनिने स्थानमा रहेको भिमसेन माध्यामिकबिध्यालय ले एउटा उदाहरणीय रुपमा आफुलाइ देखाएको छ । त्यस बिद्यालयमा पुग्ने जो कोहीलाइ पनी यो सरकारी बिद्यालय हो र भन्ने लाग्न सक्छ ा सरकारी बिध्यालयको बारेमा रहेको हाम्रो कल्पना नै पुर्ण रुपमा परिर्वतन गर्न भिमसेन माबी सफल भएको छ ।


  सामान्य रुपमाहामिले सरकारी बिध्यालय लाइ कुन नजरले हेर्ने गर्छौँ ?कमजोर शिक्षा प्रणालि वा जिर्ण पुर्वाधार ?

तर , भिमसेन माध्यामिकबिध्यालय शैक्षिक गुणस्थरमा त अव्वल छदै छ यहाँको भौतिक संरचना र बिध्यालयब्यवस्थापन समितिले देशका कर्णधारका रुपमाचिनिने बिध्यार्थिलाइभनेर बनाउनलागेको र बनाइसकेको दुवै योजनाहरुलाइ हेर्ने हो भने  जो कोही कोहि चकित नै बन्ने गर्दछन् । 

भुकम्पप्रतिरोधात्मकभवनहरुको बिचमा रहेको आर्कषक बालमैत्रिपार्क अनि ब्यबस्थित रुपमा रहेको शिक्षा प्रणालि देख्दाकुनै भव्य निजी बिध्यालय भन्दा कम देखिदैन भिमसेन माबी  । खासगरी हिमालि क्षेत्रबाट नजिक पर्ने र जाडोको मौसममा १२ बजे भन्दापहिला सो स्थानमाघाम नलाग्ने र गर्मि महिनामाअत्याधिकगर्मि हुने भएपछि  साना साना बिध्यार्थिहरुलाइकुनै किसिमको कठिनाइ नहोस् भनेर (ए सि) समेत जडान गरिएको छ । 


अझ ,बिध्यार्थिहरुलाइ बिश्व बजारमा आफ्नो प्रतिभा देखाउन र सो लायकबनाउनकालागिबिध्यालयमाआधारभुत तहबाट नै कम्प्युटर शिक्षा सुरु भइरहेको र आगामिदिनमा कम्प्युटर इन्जिनियरिङ्ग कक्षा समेत संचालको लागितयारीमा रहेको बिध्यालयका प्रधानाध्यापक दिलबहादुर कार्कि ले बताउनु भयो ।समाजमा सरकारी बिध्यालय प्रतिको चासो र प्रतिफल घटिरहेको बेलामा एक उदारणिय बिध्यालयबनाउनमाआफु लगाएत सम्पुर्ण टिम र समाज नै लागि परेको साथै टाढा बाट सो स्थानमाअध्ययनगर्न आउने गरिव तथा जेहेनदार बिध्यार्थिहरुलाइ छात्रावासको समेत ब्यवस्थागरिएको बिध्यालयब्यवस्थापन समितिकाअध्यक्षकुमार राउतले बताउनुभयो ।




, , , , , ,