ठकुरी समाजको भेला सम्पन्न


ध्रुव कुमार थापा

ठकुरी समाज सिन्धुपाल्चोकको भेला शनीबार  दियालेमा सम्पन्न भएको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाचोकगढी नगर पालिका वडा नं. ८ दियालेमा सम्पन्न भएको  भेलामा सभापतित्व समाजका अध्यक्ष श्री अमृत बहादुर मल्ल ले गर्नु भएको थियो ।


अनेकतामा एकता , एकतामा हार्दिकता भन्ने नाराका साथ ठकुरी समाजका सल्लाकार संयोजक दईन्द्र बहादुर ठकुरीे प्रमूख अतिथिमा भेला सम्पन्न भएको हो । प्रमुख अथितीको आशनबाट बोल्दै एकताको सुत्रमा लिपिवद्ध हुनुपर्ने तथा नेपालको प्रचलित कानुन बमोजिम रहेर समाजलाई अगाडि बढाउने कुरा गर्दै दईन्द्र बहादुर ठकुरीले राजनितिक धरातल भन्दा माथी उठेर ठकुरी वंशको एकताको लागि आफु जिवन्त खटी रहने प्रति बद्वता ब्यक्त गर्नु भयो ।

त्यसै गरी ठकुरीको पोसाक लगाएर मार्च पास गरी आफ्नो सस्कृति र परम्परालाइ जगेर्ना गर्नु पर्ने तथा समाजको काम गर्दा सोच बनाउनु पर्ने त्यसका लागी श्रोतको खाचो नहुने समेत ठकुरीले बताउँनु  भयो । ठकुरीले ठकुरी समाजलाइ ब्यबस्थित र पहीचान युक्त बनाउँनका लागी सबै लागी पर्न पर्ने बताउँनु भयो । कार्यक्रममा बोल्दै सदस्य गणेस वहादुर ठकुरीले  कोरनाको कारण भेला समयमा गर्न नसकीएको स्पस्ट पार्दै अव घर धुरी दर्ता गर्ने तथा कोही पनि नछुटुन भनेर ठकुरीहरु रहेको पच्चीस वटै गाउमा जाने, आर्थिक रूपमा पिछडिएको ठकुरीहरु को छोरा छोरी ले पनि उच्च शिक्षा लिन सहयोग गर्ने उल्लेख गर्नुभयो ।यसै गरि  कार्यक्रममा बोल्दै प्रचार प्रसार समितिका अध्यक्ष सेर बहादुर ठकुरी लेसमाज र सस्था राम्रो तुल्याउन धेरै गृह कार्य गर्नुपर्ने र कपाल फुल्दैमा सबै कुरा जानीदैन ठकुरी समाजमा अव नयां पिडीको बढी सकृयता हुनु पर्ने, एकताको सुत्रमा बाधिनु आजको आवश्यकता हो भन्दै भन्नु भयो ।त्यसैगरी ढिला वा धेरै सोचेर मात्र निर्णय लिने ठकुरीको बानीले सधै पछाडि परेको हौ भन्दै समाजका सदस्य कृष्ण बहादुर ठकुरीले अरु बेला जे जस्तो भए पनि राष्ट्र र राष्ट्रियता को सवालमा एक हुने छौ भन्नु भयो । कायैक्रममा अध्यक्ष अमृत बहादुर मल्ल लेसबै भन्दा पहिला ठकुरी समाज भित्रका लाई उत्थान गर्ने त्यसपछि अरु मानिसहरू लाई पनि सहयोग गर्ने नीति बनाएको कुरा गर्दैे लिदीको पहिरो पीडितलाई समेत ठकुरी समाज सिन्धुपाल्चोकले रु ५१,००० सहयोग गरेको बताउनु भयो । यसैगरी प्रचार प्रसार समितिमा सेर बहादुर ठकुरीको संयोजकत्वमा ९ सदस्सीय समिति गठन गरेको  छ यो समितिले ठकुरीहरुको पहिचान गरि सदस्यता वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिनु भयो । कार्यक्रम संञ्चालन समाजका सदस्य खगेन्द्र हमालले गर्नु भएको थियो । 


, , ,