सिन्धुकाँग्रेसद्धारा श्रदान्जलीसभा गर्ने


नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला कार्य समितीले नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर, पूर्व मन्त्री, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य माननीय नविन्द्रराज जोशीको १३औ पुन्यतिथकिो अबशर पारेर श्रदान्जलीसभा गर्ने भएको छ ।नेपाली काँग्रेसका जिल्ला सचिब बिलबहादुर तामाङ्गले बुधबार २५गतेजिल्ला स्थित निर्माण ब्यबसायी संघको सभाहलमा श्रदान्जली सभाको कार्यक्रम को आयोजना गरिएकोले उपस्थितीका लागी हार्दीक अनुरोध गर्नु भएको छ । 


 स्व. जोशी विद्यार्थी जीवन देखि नै सक्रिय राजनीतिमा हुनुहुन्थ्यो । पञ्चायत विरुद्ध राजनीतिक आन्दोलनमा सक्रिय रहँदा पटकपटक गिरफ्तार हुनुका साथै सत्याग्रहमा भूमिगत जीवन समेत व्यतित गर्नु भएको थियो । नेपालमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका स्व. जोशीले नेपाली कांग्रेसको विभिन्न तहमा रहेर पार्टी संगठन, सुदृढिकरण एवं विस्तारमा अतुलनीय योगदान पु¥याउनु भएको थियो । 

वि.स. २०६४ र २०७० सालमा सम्पन्न भएका संविधान सभा निर्वाचनहरुमा काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. ८ बाट निर्वाचित हुनु भएका नेता जोशी २०७३ सालमा उद्योग मन्त्री समेत हुनु भएको थियो ।

नेपाली राजनीतिमा उहाँ एक निष्ठावान, इमान्दार, जुझारु र जनसेवामा समर्पित नेताको रुपमा परिचित हुनुहुन्थ्या नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर, पूर्व मन्त्री, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य माननीय नविन्द्रराज जोशीको काठमाडौं थापाथली स्थित नर्भिक अस्पतालमा उपचारको क्रममा गत १३ गते राती निधन भएको थियो । 



, , ,