ओरेककद्धारा आत्महत्याको सवाल सम्वन्धी गरेको अनुसन्धानको प्रतिवेदन सार्वजनिक


ओरकको ३० औं वार्षिकोत्सवको अवसरमा“विद्यमान लैङ्गिकभूमिका र मानसिक स्वास्थ्यकोे सवाल”शिर्षकको प्यानल छलफलका साथमा यस संस्थाले आत्महत्याको सवाल सम्वन्धी गरेको अनुसन्धानको प्रतिवेदन सार्वजनिकरण को कार्यक्रमको आयोजनागरिएको महीला पुनसर््थपना केन्द्र ओरेकका कार्यकारी निर्देशकलुभराजन्यौपान द्धारा जारि बिज्ञेप्तीमा जनाइएको छ ।मानसिक स्वास्थ्यको मुद्दाहरुलाई उजागर गर्र्ने उद्देश्यलेगरिएको कार्यक्रममा  बार्षीक अशीहजारले ज्यान गुमाएको तथ्याकंभएको ओरेकले जनाएको छ ।  प्रत्येक नागरिकले शारीरिक, मानसिक, सामाजिक र भावानात्मक रुपले स्वस्थ रहीउत्पादनसिल र गुणस्तरीय जीवनयापनगर्न पाउने व्यवस्थामौलिकहकको रुपमा सविधानले मान्यताप्रदान गरीसकेको छ । हालविश्वव्यापिविकास लक्ष्यप्राप्तगर्नको लागिमानसिक स्वास्थ्यको पनि महत्वपूर्ण भूमिका रहन्छ भन्ने कुरा मानसिक स्वास्थ्यदिगो विकास लक्ष्यमा समावेश भए संगै नै प्रस्ट हुन्छ । डिप्रेसनमानसिक स्वास्थ्यको प्रमुख समस्या र असक्तताको मुख्यकारण पनिहो ।


विश्व स्वास्थ्य संगठन अनुसार विश्वमा वर्षेनी ८०,००० व्यक्तिहरु आत्महत्याको कारणबाट ज्यानगुमाईरहेका छन् भने १५ देखि १९ वर्ष उमेर समुहको व्यक्तिहरुको मृत्यु हुने प्रमुख तेस्रो कारण पनिआत्महत्या नै हो । विश्वमाहुने ७९ प्रतिशतआत्महत्याकम र मध्यमआयभएका देशहरुमाभएको छ ।  सन् २००८÷२००९ मागरिएको मातृमुत्यु र रुग्णता अध्ययनले प्रजननउमेर समुहकामहिलाहरुको मृत्यु हुने प्रमुखकारण पनिआत्महत्या नै रहेको जनाएको छ । यसले नेपालमामानसिक स्वास्थ्यको अवस्थाअत्यन्तै भयावह रहेको देखाएको  ओरेकका कार्यकारी निर्देशक न्यौपान द्धारा जारि बिज्ञेप्तीमा जनाइएको छ । कार्यक्रमको प्रमुखअतिथिमाननीयमन्त्री डा. शिवमायातुम्वाहाम्फेले जब सम्म सम्बन्दितव्यक्तिले आत्महत्यागर्नु विकल्पहोइनभन्ने मनमा ग्रहण गर्ने अवस्थाश्रीजनाहुन सक्दैन, आत्महत्याको संख्यालाई न्यूनीकरण गर्न समय लाग्न सक्ने बताउनु भयो । “आत्महत्यालाई रोक्नको निम्ति सरकारी नीतिबनाउनुको साथ साथै हामीले मानसिक तनाबबाट गुज्रिरहेकोहरुलाई सयोग प्रदानगर्नुपर्छ र त्यसमामनोसामाजिक परामर्श सेवाहरु प्रदानगर्नमा संघसंस्थाहरुले समेत सहयोगीभूमिका खेल्न सक्छन्ू डा. तुम्वाहाम्फेले भन्नु भयको बिज्ञेप्तीमा जनजाइएको छ  ।


प्यानल छलफलमा वरिष्ठ मनोचिकित्सकप्रा.डा. सरोज प्रसादओझा, वरिष्ठ मनोविदप्रा. डा. गंगा पाठक, वरिष्ठ अर्थविदप्रा डा.कुसुमशाक्य र अनुसन्धानकर्ता ज्योतिका रीमाल रहनु भएको थियो भने प्यानलको सहजीकरण ओरेकको कार्यकारी निर्देशकलुभराजन्यौपानेले  गर्नुभएको थियो ।वरिष्ठ मनोविदप्रा. डा. गंगा पाठकले मानसिक रोगलाई शारीरिक रोगजस्तै प्राथमिकतानदिइएको हुनाले मानसिक रोग भएकाहरुले  चाहिने मद्दतबाट वन्चितहुनु परिरहेको बताउनु भएको थियो । ूमानसिक रोग भनेको एक अस्वस्थता हो र यो कुनै लज्जास्पद कुरा होइन । मानसिक रोग भएकाव्यक्तिमा डिप्रेसनका लक्षण, चिन्ताको भावना, र व्यवहार वा मुडमा अचानक परिवर्तन देखा पर्ने गर्छन् तर मानसिक रोग अदृश्य रोग भएकोले मानसिक स्वास्थ्यले आवश्यकप्राथमिताप्राप्त गरेको छैन । त्यसको साथसाथै मानसिक स्वास्थ्य समस्याभएकाव्यक्तिहरूकालागिमानसिक रोगप्रतिहुने सामाजिकलाञ्ंछना र  भेदभावको कारण उनीहरू आवश्यक  मद्दत लिनबाट डराउँछन् र आफ्नामानसिक समस्याहरुलाई दबाउनबाध्य हुन्छन् ।वरिष्ठ मनोचिकित्सकप्रा.डा. सरोज प्रसादओझाले नेपालअझै पनिमानसिक रोगको विषयमाखुल्न संघर्ष गरिरहेको अवस्थामामानसिक स्वास्थ्य र मानसिक रोगकाविषयमाजनचेतनाको आवश्यकभएकोले सरकारले आत्महत्या रोक्न राष्ट्रिय नीतिबनाउनु पर्नेमाजोड़ दिनु भएको थियो । त्यसैगरी प्रा.डा. ओझाले  आत्महत्या रोकथामकालागिमानसिक रोगका लक्षणहरुलाई बेवास्तागर्नुको साटो हामीले आफ्नो मानसिक स्थिति स्वस्थ राख्नआफ्नाप्रियजनहरूसँग नियमित सम्पर्कमाआई आफ्ना कुराहरु व्यक्तगर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । त्यसका साथसाथै  मानसिक स्वास्थ्य समस्याबाट प्रभावितव्यक्तिहरूप्रति समानुभुती देखाई उनीहरुको भावनालाई सुनिदिन समेत आवश्यक रहेको कुरा प्रकाशपार्नु भएको थियो ।कोभिड–१९ को सन्दर्भलाई जोड्दै अर्थविद डा. कुसुमशाक्यले बन्दबंदीको अवस्थामामानिसले आफ्नो जागिर गुमाउनु पर्दा चुनौतीपूर्ण परिस्थितिश्रीजनाहुनुको साथै त्यसले तनाव र चिन्तानिम्त्याएको कुरा उठाउनु भयो । लकडाउनले सामाजिकसँगै आर्थिक रुपमापनिमहिलावर्गलाई बडी असर पारेको  बताउदै लकडाउनले बेरोजगार महिलाको संख्या बढेको, आयआम्दानी घटेको र महिलाको कामको बोझ ३ गुणाले बढेको अवस्थाले गर्दा महिलावर्गमामानसिकतनाब संगै आत्महत्याको संख्यापनि बढेको बताउनु भयो । कार्यक्रममा संस्थाका संस्थापकअध्यक्ष डा। रेणु अधिकारीले लैंगिक हिंसाले महिलाहरुको मानसिक स्वास्थ्यलाई असर पु¥याउँछ भन्ने  महसुस गरी ओरेकले २० वर्ष अगाडी नै नेपालमा २० वटा  मनोसामाजिक परामर्श केन्द्रहरू सञ्चालन गरेर महिलामाथिहुने हिंसा, द्वन्द्वप्रभावितलगायतलाई मनोविमर्श सेवाप्रदान गरेको बताउनु भएको थियो । ू२० वर्ष अगाडी जब देश द्वन्दको चपेटामा थियो, त्यस बेलाहामीले २० वटा परामर्श केन्द्र सञ्चालनगर्नुको  साथ साथै ओरेकले मनोबिमर्श  कर्ताहरुलाई एक महिनाको तालिमपनिप्रधान गरेको थियो।  त्यसरी ओरेकले मानसिक स्वास्थ्यमाकाम गरी अभियान सुरु गरेको २० वर्ष भन्दापनि बडी भई सकेको छ ।ू वँहाले असमान लैङ्गिक सम्बन्धको कारणले गर्दा नेपाली समाजमामानसिक समस्या रहेको पनिउजागर गर्नु भएको थियो ।उक्तकार्यक्रममाआत्महत्या सम्वन्धीमोरङ्ग जिल्लमा सम्पन्नगरिएर्को लैंगिक दृष्टिकोणबाट आत्महत्या सम्बन्धिआर्थिक र सामाजिककारक तत्वको खोज’शिर्षक अनुसन्धानको प्रतिवेदनपनि सार्वजनिकरणगरिएको थियो ।उक्त अनुसन्धानमा २४ जना सहभागिहरुसंग गुणात्मक तथ्यांकलिइएको थियो । उक्तअध्ययनको नतिजाअनुसार नेपाली समाज परम्परागत लैंगिक भूमिकाबाट प्रभावितभएको कारणले महिला र पुरुषले आत्महत्यागर्ने कारण पनि फरक भएको पाईएको छ । अध्ययनले महिलाले आत्महत्यागर्नुको कारण महिलाको आफ्नो शरिर माथिआफ्नो नियन्त्रण नहुनु, घरेलु हिंसा, परम्परागत लैंगिकभूमिका जस्ता सामाजिककारक तत्वहरू रहेको पाइएको छ भने पुरुषहरुले विशेष गरि आर्थिक बोझ जस्तै गरिबी, बेरोजगारीको कारण आत्महत्या गरेको पाईएको छ । कार्यक्रममा समुदायस्तरमा रहेर महिलाआन्दोलनलाई अगुवाई गरिरहेकाव्यक्तित्वहरु, मानवअधिकार तथामहिलाअधिकार रक्षकहरु, सञ्चारकर्मीहरुहरु, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाकाप्रतिनीधिहरु गरी २०० भन्दा बढीको सहभागीता रहेको थियो । 


, ,