सुनकोशी ६मा बर्थिङ सेन्टरको उद्धघाटन


सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाँउपालीका वडा न ं ६ थुम्पाखरमा  सुविधा सम्पन्न बर्थिङ सेन्टरको तथा वडाकार्यलयको सभामञ्चको एक समारोहका बिच उद्धघाटन भएको छ ।


स्वास्थ्यचौकीमा निर्माण गरिएको बर्थिङ सेन्टरको बिहीबार उद्धघाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य खेलकुद बिभागका संयोजक एबम पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले काँग्रेसले  चुनाब जितेको ठाँउ र अरुले चुनाव जितेको ठाँउमा भएका बिकासका बारेमा जनताले मुल्याङ्कन गर्ने बताउँनु भयो ।

उँहाले जँहा जनताले दुख पाउँछन त्यहाँ काग्रेस पुग्ने गरेको बताउँदै दुखमा साथ दिने मात्र काँग्रेस हुने बताउँनु भयो । स्वास्थ्य मापदण्डअनुसार सामाजीक दुरी कायम गरि वडाबाट निर्मीत हल निर्माण भएपछि कार्यक्रम, सभा, गोष्ठी गर्न सहज भएको र यसलाइ अझ बढी सुधार गर्न पर्ने  आबश्यक रहेकाले सुधार गरिने बताउँनु भयो ।

कार्यक्रममा  विशेष अथिति सुनकोसि गाउँपालिका प्रमुख श्रवण कुमार  जि सि(बिनोद) ले सुनकोसिको बिकासमा कुनै कमि नगराउने बताउदै स्वस्थ सिक्षा का साथै जनतामा परेका समस्या समाधानका लागी हरेक साथ सयोग  गर्ने बताउनु भयो।

नेपाली काँग्रेसका महासमितीका सदस्य  नेता   प्रेम ध्वज लामाले काँग्रेसले बिकास  निर्माणगर्न जानेको छ । त्यसैले काँग्रेसले जितेको ठाँउमा बिकास भएको छ  भन्नु हुँदै कसले के गरेको छ भनेर जनताले मुल्याङ्कन गर्ने छन भन्नु भयो । उँहाले सेन्टरको स्थापनासँगैं सुत्केरी हुन धुलिखेल, काठमाडौं जाने अवस्था अन्त्य भएको र घर दैलोमा नै  यो सुबिद्या प्राप्त भएको मा खुशी ब्यक्त गर्नु भयो । 

काँग्रेसका क्षेत्रय सभापति बाल कृष्ण बस्नेत ले कम्युनिस्ट ले जितेको अरूठाँउ भन्दा काँग्रेस ले जितेको ठाँउमा बिकास धेरैभएको जनाउनु भयो।उँहाले  सुनकोसि गाउँपालिका वडा न ६ धुसिने का पहिरो पिडितलाई २५०००..हजारका दरले तिन जनालाइ पचहत्तर हजार रुपैया राहात स्वरुप  नगद हस्तान्तरण गर्नु भयो। तरूण दलका केन्द्रीय  सदस्य पासाङ नोर्बु सेर्पाले नवनिर्मित स्वस्थ भवन राम्रो भयको मा खुसि ब्यत गर्दै स्वास्थ ब्यबस्थापन को लागि नगद २५ हजार  प्रमुख अथिति मार्फत सहयोग बापत नगद हस्तान्तरण गर्नुभयो।

टुकिसंघ को कार्यकारी प्रमुख ज्ञनेन्द्र पौडेल लगयत समपुर्ण वडा बासि को उपस्थिति रहेको थियो।कार्यक्रमका सभापति को आसनबाट बोल्दै सुनकोसि गाँउपालीका वडा नं ६का वडा अध्यक्ष रामकुमार थापाले प्रमुख अथिति बस्नेत को निर्देसन र पालिका को सयोग अनि वडा बासिको प्रेरणाका कारण  थुप्रै बिकास काममा सयोग पुगेको बताउदै आउदा दिनहरूमा पनि उहाहरूको साथ मा बिकसका कामहरूगरि रहने बताउनु भयो।टुकी सघको सहयोगमा निर्मीत उक्त भवनमा प्रशुती सेवा समेत रहेकाले  थुम्पाखरका नागरिकलाइ स्वास्थ्यमा सहयोग पुग्ने बताउँनु भयो ।

टुकी संघ सुनकोशी र केयर नेपालको आर्थिक सहयोगमा ४० लाखमा बर्थिङ सेन्टरको निर्माण गरिएको वडाध्यक्ष राम कुमार थापाले जानकारी दिनुभयो । कार्यक्रममा जग्गा दाता, सहयोगीहरुलाइ समेत सम्मान गरिएको थियो भने सुनकोशी गाँउपालीकाको सहयोगमा लोकप्रिय नेत्रज्योती सञ्चार समुहले बिभिन्न वडाहरुमा सञ्चालन गरेको तिन दिने बाल बिवाह न्युनिकरण अभीमुखीकरणमा सहभागीलाइ प्रमाण पत्र समेत एकमुष्टरुपमा वडाअध्यलाइ हस्तानन्तरण गरिएको थियो । 


, , , , , ,