बन डढेलो लगाउँनेलाइ कडाकार्बही गरिने

 

 डिभिजन बन कार्यलय सिन्धु पाल्चोक र बन उपभोक्ता महासङ्घ बिच शुक्रबार  बन डढेलो नियन्त्रण सम्बन्धि विशेष  छलफल भएको छ।


छलफलमा बन डढेलो  नियन्त्रणका साथै डढेलो कँहाबाट कसरी शुरु भयो यस सम्बन्धमा पनि छानबिन  गरेर कानुनि कार्बाही कोलागि पहल गरिने निर्णय भएको छ। जिल्ला बन कार्यलय सिन्धुपाल्चोकका डिभिजनल बन अधिकृत लोक नाथ नेपालको कार्य कक्षमा भएको छलफलमा सामुदायक बन उपभोक्ता महासङ्घका पदाधिकारि हरुको समेत उपस्थिति रहेको थियो ।छलफलमा  डढेलो नियन्त्रण गर्नु भन्दा पनि डढेलो लाग्नै नदिने  र लागि हालेमा तत्काल कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बिषयमा जानकार रहेर काम गर्न सहभागिहरुलाई सल्लाह दिदै डिभिजनल प्रमुख नेपालले कसैको वारि खेत वा  घर बाट आगो आयको देखेमा वा प्रमाण फेला परेमा सम्बन्धित  ब्यक्तिलाइ कानुनि कार्बाहि गर्न  पर्ने समेत नेपालले बताउनु भयो ।उँहाले  बन डढेलो लगाउँनेको पहीचानका साथ कार्बहीलाइ त्रिब्रता दिइने बताउँनु भयो । छलफलको क्रममा सामुदायक बन उपभोक्ता महासंघका सिन्धुपाल्चोक जिल्ला अध्यक्ष खेमराज आचार्यले बन जङ्गल जोगाउँनका लागी स्थानीय समुदायलाइ नै सचेत गराएर जिम्वेवारी दिन आबश्यक भएको ले सरकारले कबुलियत बन सामुदायक बनको अबधाराणा ल्याएर काम गरिरहेको हुँदा स्थानीयले पनी  बन डढेलो नियन्त्रणमा पुर्ण रुपले सहयोग गर्न पर्ने बताउँनु भयो । छलफलमा जिल्ला बन उपभोक्ता महासङ्घका सचिब दयालक्ष्मि श्रेष्ठले  बन डढेलो  लगाउने लाई हुने सजाय र कानुनको बिषयमा जानकारी दिनका लागि जनचेतना मुलक कार्यक्रमको आबश्यक रहेको ले यो चेतना मुलक कार्यक्रम शहर केन्द्रित भन्दा पनि गाँउ बस्ति केन्द्रित हुन पर्ने बताउनु भयो । उँहाले स्थानीय सरकारले बन बिनास गर्ने र बन संरक्षण गर्ने ब्यक्तीहरुको समेत पहीचान गरि राम्रा काम गर्नेलाइ पुरस्कृत गर्न पर्ने र नराम्रा काम गर्नेलाइ दण्डीत गर्न पर्ने बताउँनु भयो ।सुनकोशी पालीका महासंघका कोषध्यक्ष बागमती प्रदेसका प्रतिनिधी  शारदा प्रसाद चालीसेले बन डढेलो नियन्त्रणका लागी बन कार्यलय मात्र होइन जिल्ला स्थित  सबै कार्यलय, बिशेष गरि स्थानीय सरकारलाइ समेत सहभागी गराएर बन डढेलो नियन्त्रणका लागी कार्यक्रम ल्याउँन र बनमा जानी जानी वा हेलचक्रयाइ गर्नेलाइ कानुनी दायरामा ल्याउन स्थानीय सरकार नै अग्रसर हुन पर्ने बताउँनु भयो । छलफलमा साहयक बन अधिकृत कृष्ण बहादुर थापाले बन डढेलो नियन्त्रण गर्न मात्र होइन लाग्नै नदीनका लागी सबै बन सँग सरोकारवालाहरुले अभियान नै चलाउँन पर्ने बताउँनु भयो । उँहाले सरकारको मात्र मुख ताक्नु भन्दा स्थानीयले पनी  बन जोगाउँन लागी पर्नु पर्ने बताउँनु भयो । छलफलले बैशाख पहीलो हप्ता देखी पुन जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ । छलफलमा साहयक बन अधिकृत भक्त बहादुर श्रेष्ठ, बन उपभोक्ता महासंघका रमादेबी गिरी लगाएतका प्रतिनिधीहरको उपस्थिती रहेको थियो । 


, , , , ,