इन्द्रावतीमा भयो बन अन्तरक्रिया


शारदा प्रसाद चालीसे

जताततै बन डढेलो लागैर सखाप भइरहेको अबस्थामा बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रमहरु  भइ रहेको छ । बन जोगाउने बिषयमा केन्द्रीत रहेर इन्द्रावती गाउँ पालिका वार्ड नम्बर २ मा आइतबार यस्तै अन्तरक्रिया कार्यक्रम भएको हो । 


सब बन डिभिजन कार्यालय नवलपुर र सामुदायिक बन उपभोक्ता  माहासङ इन्द्रावती गाउँ पालिका को आयोजनामा उक्त कार्यक्रम भएको सामुदायिक बन उपवोक्ता माहसङ को सचिब  रमा गिरि ले जानकारी दिनु भयो । इन्द्रावती  गाँउपालीका २ सौक्ता मा सब बन डिभिजन को प्रमुख सामुदयक बन समुह हरु को पदाधिकारी को उपस्थित मा बन डडेलो नियन्त्रण अन्तर क्रिया  गोष्ठी  संचालित भएको हो । बन डडेलो नियन्त्रण सचेतना गोष्ठी  बन अतिक्रम र बन मासेर सडक खन्ने कार्य प्रति लछित थियो। कार्यक्रममा सहभागीहरुले सामुदायिक बन समुह को धन भन्ने नारा सहित डडेलो नियन्त्रण गर्न प्राकृति सम्पदा जोगाउन सबै सामुदायिक बन समिती हरु अग्रसर हुनु पर्ने कुरा मा जोड दिएका थिए । 


, , , , ,