सुकुटे दुर्घटना खाडीचौरमा खुल्यो गाडी

 

कुमार बस्नेत अधिराज

सिन्धुपाल्चोक, चैत ३० गते । आज बिहान १० बजेर १५ मिनेटमा चौतारा साँगचोकगढी नगरपालिका ९ को सुकुटे स्थित अरनिको राजमार्गमा बसको ठक्करबाट मोटर साइकल सवार व्यक्तिको  निधन भएको कारण खाडीचौरमा भएको सवारी साधनहरु बन्द खुलेको छ ।


उक्त दुर्घटनाका  कारण हजारौ यात्रीहरु अलपत्र परेका थिए ।

काठ्माण्डौबाट रामेछाप दोलखा बाह्विसे तातोपानी जाने बसहरु बिहान ११ बजे देखीनै बन्द रहदा हजारौको संख्यामा यात्रुहरु अलपत्र परेका थिए मृतकको आफन्तहरुले क्षेतिपुर्तिको माग गर्दै खाडीचौरमा चक्का जाम गरेपछी प्रहरीले ३ बजे देखी बल प्रयोग गरी सवारी साधन खुलाउने प्रयास गरेको थियो । सवारी साधन खुलाउने क्रममा प्रहरीले अश्रुग्यास समेत प्रयोग गरेको थियो ।  


,